• September 30, 2020

कोरोना रोकथामबारे : प्रधानमन्‍त्री, उच्चस्तरीय समिति सदस्यबीच छलफल

 कोरोना रोकथामबारे : प्रधानमन्‍त्री, उच्चस्तरीय समिति सदस्यबीच छलफल
मनपरे शेयर गरौ ! 

काठमाडौं / विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि बालुवाटारमा छलफल भएको छ। 

प्रधानमन्त्रीको उपस्थितिमा शुक्रबार भएको छलफलमा कोरोना संक्रमण नियन्त्रणका लागि २४ दिन अघिदेखिको लकडाउनको कार्यान्वयनको विषयमा समीक्षात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

छलफलमा प्रधानमन्त्री केपी ओली, कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगै समिति सदस्य, सीसीएमसीका सदस्यसहितका पदाधिकारी सहभागी थिए। 

‘प्रधानमन्त्रीले मन्त्रिपरिषदका सदस्य, उच्चस्तरीय समन्वय समिति र सीसीएमसीका सदस्यसहित बालुवाटारमा विशेष बैठक गर्नुभएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘बैठकमा कोरोना भाइरस संक्रमणविरूद्द जारी लकडाउन र यसको कार्यान्वयनका बारेमा एकीकृत छलफल र समीक्षा भएको छ।’  

तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

मनपरे शेयर गरौ ! 

Related post