• September 29, 2020

कोरोना : विश्वभर मृत्यु हुनेको संख्या १६०७६३ पुग्यो

 कोरोना : विश्वभर मृत्यु हुनेको संख्या १६०७६३ पुग्यो
मनपरे शेयर गरौ ! 


झापा / विश्वभर कोभिड–१९ (कोरोना भाइरस) बाट मृत्यु हुनेको संख्या एक लाख ६० हजार ७६३ पुगेको छ ।


विश्वभर कोभिड–१९ का कारण संक्रमितको संख्या २३ लाख ३१ हजार ८९२ पुग्दा ५ लाख ९७ हजार १९४ जना निको भएर घर फर्किएको वल्र्ड मिटरले जनाएको छ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३१ जना पुगेको छ ।


२ जना निको भएर घर फर्किएको छन । हालसम्म देशभर ८ हजार १७ जनामा कोरोना संक्रमण परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


त्यसमध्ये ११७ जनालाई आइसुलेसनमा राखिएको छ भने ७ हजार ९८७ जनामा संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ ।

मनपरे शेयर गरौ ! 

Related post