• December 1, 2020

सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न अनुमति

 सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न अनुमति
मनपरे शेयर गरौ ! 

काठमाडौं / कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको छ ।

पाँच हजार पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न लागेको भन्दै प्रहरीले काठमाडौंको नक्सालबाट अग्रवाललाई पक्राउ गरेको थियो ।

ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोपमा सुलभ गत चैत २५ गते पक्राउ परेका थिए । कालोबजारी गरेको कसुरमा उनीमाथि अनुसन्धान गर्न यसअघि प्रशासन कार्यालयले पहिलो पटक ७ दिन र त्यसपछि ५ दिन अनुमति दिएको थियो ।

मनपरे शेयर गरौ ! 

Related post