• December 1, 2020

कांग्रेस भद्रपुरले दियो ६९० किलो चामल

 कांग्रेस भद्रपुरले दियो ६९० किलो चामल
मनपरे शेयर गरौ ! 


भद्रपुर / नेपाली कांग्रेस भद्रपुर ९ नम्वर वडा समितिले वडाका विपन्न परिवारका लागि ६९० किलो चामल वडाकार्यालयलाई हस्तान्तरण गरेको छ ।

वडा सभापति गोपालप्रसाद श्रेष्ठको नेतृत्वमा महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, वडा समिति सचिव वीरेन्द्र मल्ल, अग्रज व्यक्तित्व लावन्य पोखरेल, राजेन्द्र रिजाल, पार्वती मल्ल लगायतको टोलीले कार्यवाहक वडाध्यक्ष राम दाहाल तथा वडा सदस्य नेत्रप्रसाद पौडेल नुतनलाई ३३ हजार ५०० रूपैया बराबरको चामल हस्तान्तरण गरेका हुन् ।


नेपाली कांग्रेसमा आस्था राख्ने दानवीर दाताहरूबाट संकलित रकमले विपन्न वडा बासीको गाँस जुटाउन सहयोग पुरयाउने उद्देश्यले चामल खरिद गरेर वडा कार्यालयलाई हस्तान्तरण गरिएको राहत सहयोगका अभियन्ता चेतनाथ भट्टराईले जानकारी दिए । पहिलो चरणको राहत वितरण गरिसकेको सो वडामा ५ सय ५ परिवार अति विपन्नको सूचिमा रहेका छन् ।

दोश्रो चरणमा खाद्यन्न अभाव हुने विपन्न नागरिकको संख्या बढ्ने देखिएपछि वडा कार्यालयले दाताहरूलाई सहयोग गरिदिन अनुरोध गरेको छ । सोही अनुरोध अनुसार काँग्रेसले खाद्यन्न सहयोग गरेको हो ।

मनपरे शेयर गरौ ! 

Related post