• November 28, 2020

कमल गाउँपालिकाका कृषकलाई मल वितरण

 कमल गाउँपालिकाका कृषकलाई मल वितरण
मनपरे शेयर गरौ ! 


केशवराज भण्डारी-


कमल गाउँपालिका / झापाको कमल गाउँपालिकाका कृषकहरुलाई सहुलियत दरको मल वितरण भएको छ । स्थानिय स्वर्णकमल वचत तथा ऋण सहकारी संस्था लिमिटेडले साज्ट ट्रेडिङ कर्पोरेसनवाट खरिद गरेर युरिया, डिएपी र नेपालमै वनेको एसएसपी मल वितरण गरेको हो ।


विश्व कोरोना लकडाउनको अवस्थामा गुज्रिरहेको सन्दर्भमा कृषकको मारलाई मध्यनजर गर्दै झापाको कमल गाउँपालिकाको स्थानिय सहकारी वाट मल वितरण हुँदा कृषकहरु लाभान्वित भएका छन । कमल गाउँपालिका वडा नं. ४ का विद्यापति तिम्सििना सहकारीवाट मल प्राप्त गर्दा आफु दंग थिए भने ।


लगडाउनको अवस्थामा कमल गाउँपालिकाको यस स्वर्णकमल सहकारी सँस्थाले मल वितरण गर्द खुसी ब्यक्त गर्दै हाल लगाएको साग सब्जी, धान मकैउत्पादनका लागि सहयोग पुगेको वताउनु हुन्छ कमल गाउँपालिका वडा नं. ७ का मदन कुमार वोहोरा ।


वाह्रघरेमा मल वितरण नहुँदा लामो वाटो हिँडेर मल लिन आइपुग्नु भएकी कमल गाउँपालिका वडा नं. ७ कि पुजा दंगाल धनिपुर्जा भए पछि एक जना वरावर २५ केजि मल पाउने ब्यवस्था रहेको वताउनु भयो ।


यहाँबाट वितरण हुने मल प्रयाप्त नभएको वताउँदै आफुले ५ विगाहामा चैते धान खेति गरेको पुजाको भनाई छ । उनी भन्छन्– ‘लग डाउनको समय भए पनि धान खेतिमा युरियाको अभाव भएको हुँदा जोखिम मोलेरै भए पनि मल लिनु पर्ने वाध्यता रहेको बताए ।’


समल्ट ट्रेडिङ वाट संझौता भए अनुसार कृषकको माग लाई मध्यनजर गर्दै कमल गाउँपालिकाको समन्वयमा मल खरिद गरेर वितरण गरिएको स्वर्णकमल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मिप्रसाद गौतमको भनाई छ ।


मल ढुवानिका लागि पास नपाएको गुनासो गर्दै सहकारीका सदस्यहरु वाहेक अन्य नागरिकहरुलाई पनि धनिपुर्जाका आधारमा मल वितरण गरिएको अध्यक्ष गौतमको भनाई छ । एक जना कृषक वरावर २५ केजि युरीया वरावर २ के जि एसएसपी वितरण गरिएको पनि अध्यक्ष गौतमले जानकारी दिए ।

मनपरे शेयर गरौ ! 

Related post