• September 25, 2020

कारोनालाई जितेर घर फर्किए ४ जना

 कारोनालाई जितेर घर फर्किए ४ जना
मनपरे शेयर गरौ ! 

काठमाडौं / नेपालमा उपचाररत कोरोना संक्रमित उपचारपछि धमाधम घर फर्कन थालेका छन ।

 विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) जित्ने नेपालीको संख्या बढ्दै गएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म चारजना डिस्चार्ज भएका छन्। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक युवक डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या चार पुगेको हो। 

यसअघि शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २७ दिनदेखि उपचार गराइरहेकी १९ वर्षीया युवती र  बागलुङको धौलागिरी अस्पतालमा १८ दिनदेखि उपचार गराइरहेकी बागलुङ नगरपालिका–३ गौंडाकोटकी ६५ वर्षीया महिला डिस्चार्ज भएका थिए। यसअघि नेपालका पहिलो कोरोना बिरामी गत माघमा डिस्चार्ज भएका थिए।  

मनपरे शेयर गरौ ! 

Related post