अध्यादेश जारी गर्ने निर्णयपछि पूर्वमाओवादी मन्त्रीको बैठक, वर्षमान पुगे खुमलटार

काठमाडौँ / मन्त्रिपरिषद्ले पार्टी विभाजनको लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत मत भए पुग्ने अध्यादेश जारी गर्ने निर्णय गरेपछि पूर्वमाओवादी मन्त्रीहरुको बैठक ऊर्जामन्त्री वर्षमान पुनको कार्यकक्षमा बसेको छ ।

मन्त्री पुनको सचिवालय स्रोतका अनुसार बैठकमा लेखराज भट्ट, विना मगर, शक्ति बस्नेतलगायत उपस्थित थिए। गृहमन्त्री रामबहादुर थापा भनेउक्त बैठकमा सहभागी थिएनन्।
पूर्वमाओवादी मन्त्रीहरुको बैठक सकिएलगत्तै ऊर्जामन्त्री वर्षमान पुन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भेट्न खुमलटार पुगेका छन्।