• September 29, 2020

उदयपुरमा कोरोना संक्रमितको संख्या १३ पुग्यो

 उदयपुरमा कोरोना संक्रमितको संख्या १३ पुग्यो
मनपरे शेयर गरौ ! 

उदयपुर / उदयपुरमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । एक जना नेपाली नागरिक सहित १२ जना भारतीय मुस्लिम धर्म गुरु जमातीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

गत शुक्रवार १ नेपाली सहित ११ भारतीय नागरिकमा गरि १२ जनामा कोरोना संक्रमण भेटिएको थियो । संक्रमितहरुसँगै बस्ने अर्का १ जनामा पनि कोरोना भेटिएपछि १३ जना पुगेको हो ।

सदरमुकामस्थित त्रियुगा नगरपालिका–३ भुल्केस्थित जामे मस्जिदमा रहेको १२ जना भारतीय नागरिकमा कोरोना (कोभिड–१९) संक्रमण भेटिएको केहि दिन बित्न नपाउँदै अर्का १ जनामा भेटिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

मस्जिदमा भारत दिल्लीका १२ जना जमाती सहित चार नेपाली गरि १६ जना बस्दै आएको थियो ।

चार जना नेपाली नागरिक पनि मोरङका बिभिन्न मस्जिदका जमाती रहेको बताईएको छ । सो मस्जिदमा १२ जना भारतीय जमाती ४ जना नेपाली जमाती रहेको थिए ।

मस्जिदमा विदेशी आएर गुपचुप बसेको भन्दै त्रियुगा नगरपालिका, जिल्ला प्रशासन, प्रहरीलाई सूचना दिएपछि त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीको विशेष पहलमा उनीहरुको स्वाप परिक्षण गरिएको थियो । स्वाप परिक्षणपछि त्यहाँ रहेका १६ जना मध्ये अहिले १३ जनमा कोरोना संक्रमण भेटिएको हो ।

मनपरे शेयर गरौ ! 

Related post