• November 25, 2020

राप्रपा र साझाले भने : ओलीको अधिनायकवादी आकांक्षाले देश अस्थिरताको दलदलमा

 राप्रपा र साझाले भने : ओलीको अधिनायकवादी आकांक्षाले देश अस्थिरताको दलदलमा
मनपरे शेयर गरौ ! 

काठमाडौं / दुई प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी र साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादी आकंक्षाले देश अस्थिरताको दलदलमा फस्‍ने चेतावनी दिएका छन्। 

राजनीतिक दल विभाजनसम्बन्धी प्रावधान खुकुलो बनाएर अध्यादेश जारी गरिएपछि प्रतिक्रिया दिँदै दुवै पार्टीले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमा अधिनायकवादी आकंक्षा देखिएको जनाएका छन्। 

‘सत्तारुढ नेकपा भित्रको आन्तरिक शक्ति संघर्षको परिणाम स्वरुप देश फेरि राजनीतिक अस्थिरताको दलदलमा फस्ने खतरा देखिएको छ’, राप्रपाका ती अध्यक्ष कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,’कोभिड-१९ को महामारीविरुद्ध सिंगो मुलुक एकजुट भएर लाग्नुपर्ने अवस्थामा सरकारले हालै ल्याएको ‘राजनीतिक दल सम्बन्धी’ र ‘संवैधानिक परिषदसम्बन्धी’ दुई अध्यादेश अनुपयुक्त,अनावश्यक र संविधानको भावना विपरित रहेको हाम्रो ठहर छ।’

राजनीतिक दलसन्बन्धी अध्यादेशले दल विभाजनलाई प्रोत्साहित गर्ने, राजनीतिक अस्थिरता बढ्ने र अन्ततः प्रजातन्त्रलाई धरापमा पार्ने टड्कारो सम्भावना देखिको राप्रपाले जनाएको छ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेशले प्रजातन्त्रको मुलभूत मान्यताका रुपमा रहेको शक्ति पृथकिकरण र शक्ति सन्तुलनलाई कमजोर बनाउने र देशमा स्वेच्छाचारी शासन कायम हुनसक्ने खतरा आउने राप्रपाले उल्लेख गरेको छ।

‘सम्भावित राजनीतिक अस्थिरता र प्रजातन्त्रको भविष्य माथि आईपर्न सक्ने गम्भीर संकटलाई दृष्टिगत गर्दै उक्त दुई अध्यादेश फिर्ता लिन राप्रपा सरकार र सत्तारुढ दल नेकपालाई आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ।  राप्रपाले कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने कठिन चुनौतीलाई देशले सामना गरिरहेको वर्तमान अवस्थामा अस्थिरता र अराजकता बढाउने कुनै गतिविधि नगर्न सरकार र नेकपालाई आग्रह गरेको छ।

साझाले यसो भन्यो  अर्कातिर रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले सरकारले छापामार शैलीमा ल्याएका दुई अध्यादेश अनिष्टकारी भएको भन्दै फिर्ता लिन माग गरेको छ। पार्टीका संयोजक रवीन्द्र मिश्रले मङ्गलवार विज्ञप्ति जारी गर्दै अध्यादेशले प्रधानमन्त्री केपी ओलीको अधिनायकवादतर्फको डर लाग्दो आकंक्षा प्रकट भएको बताएका छन्।

साझाले झण्डै दुईतिहाइ जनमत पाएर शासन गरिरहेको सरकारले सरकार गठन भएको दुई वर्ष भन्दा बढी समयमा जनतालाई काण्डैकाण्डका ठेली दिएर विश्‍वास गुमाएपछि आफूलाई सत्तामा राखिरहन प्रधानमन्त्रीमा निरङ्कुश सोच हावी भएको उल्लेख गरिएको छ। थाहाखबरबाट

मनपरे शेयर गरौ ! 

Related post