• November 27, 2020

उदयपुरका थप तीन जनामा कोरोना संक्रमण पुष्टी

 उदयपुरका थप तीन जनामा कोरोना संक्रमण पुष्टी
मनपरे शेयर गरौ ! 

उदयपुर / उदयपुरमा बुधबार थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । आज देखिएका तीन जना पनि उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केकै मस्जिदमा बसेकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन् ।

गत बैशाख ५ गते ११ भारतीय र एक नेपालीमा कोरोना पुष्टी भएकै ग्रुपका धर्म प्रचारक जमातीहरु हुन् ।

जिल्ला स्वास्थ्य कार्यायल उदयपुरका अनुसार यी व्यक्तिहरुसँगै रहेका १३ जनालाई अघिल्लो हप्ता नै कोरोना पोजेटिभ देखिएको छ । आज पुष्टी भएकोमा दुई जना विराटनगर र एक जना दिल्लीका रहेका छन् ।

उनीहरुको उमेर २४, ६० र ७२ वर्ष रहेका छन् । उनीहरुलाई यसअघि नै विराटनगरको क्वारेन्टाइनमा पठाएको थियो । यो संगै उदयपुरमा संक्रमित हुनेको संख्या २७ पुगेका छ । उनीहरु गत चैत्र ५ गतेबाट नै नुरी मस्जिदमा बस्दै आएका थिए ।

मनपरे शेयर गरौ ! 

Related post