• September 29, 2020

लुकेर नेपाल पस्छन्

 लुकेर नेपाल पस्छन्
मनपरे शेयर गरौ ! 

रौतहट / कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन नेपाल-भारतमा लकडाउन जारी रहेको बेला सीमा क्षेत्रमा चोरबाटो हुँदै आवतजावत गर्न छाडेका छैनन् ।

प्रहरीले तीन दिनभित्र ९ जनालाई  नियन्त्रणमा लिई भारतीय एसएसबीलाई जिम्मा लगाएको छ । त्यस्तै भारतीयहरु लुकेर पारि जान खोजेपछि नियन्त्रणमा लिई क्‍वारेन्टाइनमा राखिएको छ । 

सीमाक्षेत्रमा नेपाल प्रहरी र सशस्त्रले चौबीसै घण्टा निगरानी गरेको अवस्थामा भारतबाट पैदल हिँडेर विभिन्न सहर हुँदै रौतहट प्रवेश गर्न लाग्दा सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो । तीन दिनभित्र ९ जनालाई सीमाक्षेत्रबाट नियन्त्रणमा लिई भारतीय एसएसबीलाई बुझाएको जिल्ला प्रहरी प्रमुख एसीप रविराज खड्काले बताए ।

‘सीमाबाट नेपाल प्रवेश गर्न थालेपछि जोखिम बढ्न सक्छ । हामीले बोर्डर पूरा सिल गरेका छौं,’उनले भने,‘यति कडाई गर्दा पनि मानिसहरु चोरबाटो भएर प्रवेश गर्न खोज्छन् ।’

एसपी खड्का अनुसार तीन दिनभित्र नेपाल-भारत सीमाक्षेत्रको बैरगनिया बोर्डर क्रस गरेर नेपाल छिरेकाहरुलाई नियन्त्रणमा लिई भारतीय सीमासुरक्षा बलको जिम्मा लगाएका छौं । उनीहरु उतै क्‍वारेन्टाइनमा बस्ने छन् । दुबै देशका सुरक्षाकर्मीले सीमामा वारपार गर्न नदिन कडाई गरेको छ ।

त्यस्तै जिल्लाका विभिन्न स्थानमा रहेका ४५ जना भारतीयलाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु लुकेर भारत जान खोजेका थिए । सीमाक्षेत्रको विभिन्न नाका प्रयोग गरी भारत जान खोज्नेहरुलाई नियन्त्रणमा लिई क्‍वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । ‘काम विशेषले नेपाल आएर बसेका भारतीयहरु लकडाउनको बेला पारि जान खोजेका थिए,’उनले भने, ‘उनीहरुलाई नियन्त्रणमा लिइराखेका छौं । विभिन्न नाका हुँदै भारत प्रवेश गर्नेको संख्या बढेको छ । हामी अझै कडाई गर्छौं ।’

सुरक्षा निकायले नियन्त्रणमा लिई राखेको क्‍वारेन्टाइनमा खानाको व्यवस्था हुन नसकेको भन्ने गुनासो आएको प्रजिअ घिमिरेले सुनाए । कुन-कुन क्वारेन्टाइनमा भारतीयहरु राखिएका छन् । उनीहरुको खानपिन, बस्ने व्यवस्थाबारे जानकारी लिने उनले सुनाए । इकान्तिपुरबाट/ तस्वीर पनि

मनपरे शेयर गरौ ! 

Related post