• September 20, 2020

सबैको सहयोग भए क्यान्सर पीडित १९ वर्षीय सोमनाथले पुर्नजीवन पाउँथे

 सबैको सहयोग भए क्यान्सर पीडित १९ वर्षीय सोमनाथले पुर्नजीवन पाउँथे
मनपरे शेयर गरौ ! 


झापा / रक्त क्यान्सरबाट पीडित इलाम नगरपालिका– ५ निवासी १९ वर्षीय सोमनाथ ढकालको उपचारमा सहयोग गरिदिन उनका परिवारले आग्रह गरेका छन् ।
सानै उमेरमा रक्त क्यान्सरबाट बिरामी परेका ढकाल १ महिना अघिदेखि त्रिवि टिचिङ अस्पताल काठमाडौंमा उपचार गराई रहेका छन् ।

इलाम जिल्ला निवासी गोपाल ढकालका छोरा सोमनाथको उपचारमा परिवारले धेरै रकम खर्च गरिसकेको र आर्थिक अवस्था कमजोर भएकाले थप उपचार गर्न समस्या भएको भन्दै परिवारले सहयोगको अपिल गरेको हो ।

उनको उपचारमा २० देखि २५ लाखसम्म लाग्ने भएकाले सहयोगी मनहरुसँग यथासक्य सहहयोगको अपेक्षा परिवारले गरेको छ । ‘सहयोग गर्न चाहने सहयोगी मनहरुले सहयोग गरे सोमनाथले पुर्नजीवन पाउँथे, त्यसैले सहयोगको अपिल गरेको हो’, उनका भिनाजु बिष्णु उप्रेतीले भने ।

सोमनाथ ढकाल

उनको उपचारका लागि बढी पैसा लाग्ने अस्पताले बताएको छ । उनका लागि सहयोग आउने क्रम जारी छ । सक्नेले सहयोग गरिदिन नसक्नेले सेयर गरिदिन पनि परिवारले सबैसँग आग्रह गरेको छ ।

सहयोग गर्न चहानु हुने महानुभावले प्राइम कमर्सियल वैंक लिमिटेडमा रहेको खता नं. १०१००११९CA मा ऋण वा सहयोग जम्मा गर्न परिवारले आग्रह गरेको छ । साथै अन्य सहयोगका लागि इसेवा e-sewa तथा IME PAY बाट पनि सहयोग गर्न सकिने छ ।

सहयोगका लागि उनका भिनाजु झापा बुधबारेका बिष्णु उप्रेतीको मोवाइल नम्बर 9801452351 मा सम्पर्क गर्न सकिने छ ।

मनपरे शेयर गरौ ! 

Related post