• September 29, 2020

बिर्तामोडको कोरोना रोकथाम राहत कोषमा सामुदायिक विद्यालयले गरे ३ लाख ५२ हजार सहयोग (सूचि सहित)

 बिर्तामोडको कोरोना रोकथाम राहत कोषमा सामुदायिक विद्यालयले गरे ३ लाख ५२ हजार सहयोग (सूचि सहित)
मनपरे शेयर गरौ ! 


बिर्तामोड / बिर्तामोड नगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ ।

बिर्तामोड नगरपालिका क्षेत्रभित्र रहेका अति विपन्न घरपरिवारको जीवन यापनमा परेको कठिनाइलाई मध्यनजर गर्दै स्थापना गरेको राहत कोषमा बिर्तामोड नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक,कर्मचारीले ३ लाख ५२ हजार १०४ रुपैयाँ जम्मा गरेका छन् ।

सामुदायिक विद्यालयका तर्फबाट शिक्षकहरुले बुधबार नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । राहतकोषमा बिर्तामोडका अधिकृत स्तरका शिक्षकहरुको ५ दिन र अन्य शिक्षकहरुको ३ दिनको तलब जम्मा गरिएको छ ।

नगरपालिकाका ९ वटा माध्यमिक, निमावि र प्राथमिक तहका विद्यालयका १३१ जना शिक्षक कर्मचारीले रको ५ दिन र ३ दिनको तलव जम्मा गरिएको हो ।

राहतकोषमा रकम जम्मा गर्न भन्दै बिर्तामोड नगरपालिकाले बैशाख ८ गते नगर शिक्षा शाखालाई सहयोग गरिदिने बारेको पत्र काटेको थियो ।

रकम जम्मा गरेर सहयोग गरेको भन्दै नगरप्रमुख शिवाकोटीले सबै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई धन्यवाद दिएका छन् ।

तस्वीर : ध्रुवकुमार शिवाकोटीको फेसबुक पेजबाट
मनपरे शेयर गरौ ! 

Related post