• September 20, 2020

राजपा एकीकरणप्रति झा र यादवको असन्तुष्ट

 राजपा एकीकरणप्रति झा र यादवको असन्तुष्ट
मनपरे शेयर गरौ ! 

जनकपुरधाम / बुधबार अबेर राति समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भएको एकीकरणलाई लिएर राजपामा असन्तुष्टि देखिएको छ । एकीकरणका लागि छलफल गर्न बोलाइएको बैठकमा राजपा नेपाल अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा र राजकिशोर यादव अनुपस्थित भएसँगै असन्तुष्टि बाहिरिएको हो ।

दुवैजना एकताको पहिलादेखि नै विरोधी रहदै आएका थिए । उनीहरुले पहिला राजपा नेपालको अधिवेशन हुनुपर्ने अनि मात्र समाजवादी पार्टीसँग एकीकरण हुुनुपर्ने अडान लिँदै आएका थिए । उनीहरुलाई बैठकमा आउनका लागि पटक पटक आग्रह गरिएको थियो ।

उनीहरु आजको बैठकमा अनुपस्थित भएको एक नेताले बताए । एकीकरणका लागि भएको छलफलमा राजपा नेपालको तर्फबाट महन्थ ठाकुर, महेन्द्र राय यादव, राजेन्द्र महतो र शरतसिंह भण्डारी मात्र उपस्थित भए ।

अध्यक्षमण्डलका सदस्यद्वयको भूमिका के हुने सम्बन्धमा कसैले केही बताइरहेको छैन । उहाँ दूबैजना मोबाइल पनि उठाइरहनु भएको छैन ।

राजनीतिक विशलेषक डा. सुरेन्द्र लाभले भने, उहाँ दूबैजनाको मौनताले कुनै भूमिका खोली रहेको जस्तो लागि रहेको छ । यदि होइन भने अर्को विषमयकारी समाचार नआउन सक्छ भन्न सकिन्न । जो व्यक्ति राजपामा निर्णायक तहमा थिए अब त्यस्तो अवस्था रहँदैन उनको कथन थियो ।

राजकिशोर यादव निकटका एक नेताका अनुसार यादव र झा निर्णय लिनमा केही दिन प्रतिक्षा नै गर्छन । अहिले अर्को पार्टी निर्माण गर्दा संसद पद जाने खतरा रहेकाले असन्तुष्ट नेताकै रुपमा रहने ती नेताले वताए ।

नयाँ पार्टीको मर्यादाक्रम
राजपा र समाजवादी पार्टीको एकीकृत पार्टीको मर्यादाक्रममा पहिलो स्थान महन्थ ठाकुरको रहनेछ भने दोस्रो स्थान डा बाबुराम भट्टराईको रहने समेत सहमति भएको छ ।

‘पार्टी एकता गर्दा अहिले दुई जना नेताको मर्यादाक्रम टुंगिएको छ जस अनुसार ठाकुर जी पहिलो स्थानमा र पूर्व प्रधानमन्त्री भट्टराईलाई दोस्रो स्थानमा राखिने भएको छ, बैठकमा सहभागि एक नेताका अनुसार ‘बाँकी नेताहरूको मर्यादाक्रम पछि तय गर्दै जाने सहमति भएको छ । ’

उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, राजेन्द्र महतो, शरतसिंह भण्डारी सहित राजपाका अध्यक्ष मण्डलका अन्य सदस्यहरुको पनि टुंग्याउन बाँकी नै रहेको ती नेताले बताए । राजधानी दैनिकमा समाचार छ ।

मनपरे शेयर गरौ ! 

Related post