मिथुन चक्रवर्ती बैंगलोरमा, पिता वसन्तकुमारको मुम्बइमा निधन

बलिउड अभिनेता मिथुन चक्रवर्तीका पिता वसन्तकुमार चक्रवर्तीको निधन भएको छ । उनको ९५ वर्षको उमेरमा मुम्बइमा निधन भएको हो । उनको निधन मृगौला फेल भएका कारण भएको भारतीय मिडियाले जनाएका छन् ।
यतिबेला मिथुन भने बैंगलोरमा गएको र लकडाउनका कारण त्यतै फसेकोमा अब मुम्बइ फर्किन प्रयासरत रहेको बताइएको छ । टाइम्स अफ इण्डियाका अनुसार मिथुन सुटिङका लागि बैंगलोर गएका थिए ।
मिथुनको परिवार बंगाली हो । मिथुनका पिता बसन्तकुमार कलकत्ता टेलिफोन्समा काम गर्थे । उनका ४ सन्तान छन् । मिथुनका तीन दिदीबहिनी छन् ।
टाइम्सको रिपोर्टका अनुसार बसन्तले नै मिथुनलाई मुम्बइ पठाएका थिए । उनी मिथुनलाई बंगालमा भइरहेको हिंसाबाट बचाउन चाहन्थे । मुम्बइ आएपछि मिथुन बलिउडमा सक्रिय भएका थिए ।