• October 1, 2020

भारतको बहराईचमा एक नेपालीसहित ८ मा कोरोना

 भारतको बहराईचमा एक नेपालीसहित ८ मा कोरोना
मनपरे शेयर गरौ ! 

बर्दिया / बर्दियासँग जोडिएको भारत उत्तरप्रदेशको बहराईच जिल्लामा एक नेपालीसहित आठ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएका नेपाली प्रदेश ५ का बासिन्दा हुन् । 

रुपैडिहास्थित सेल्टर क्वारेन्टाईनमा तीनजना नेपालीको नमुना परीक्षण गर्दा एकजनामा कोरोना पोजिटिभ देखिएको हो । उनीलगायत ५० जनालाई बहराईचस्थित जिल्ला अस्पतालमा रिफर गरिएको लखनउस्थित एक प्रहरी अधिकारीले जनाए ।

भारतीय पत्रिका अमर हिन्दुस्तान टाइम्सले एकैपटक ८ जनामा संक्रमण देखिएको भन्दै उनीहरुको ट्राभल हिस्ट्री निकाल्ने काम भइरहेको जनाएको छ ।

सीमावर्ती बहराईचमा कोरोना भाइरस संक्रमण देखिएपछि भारतसँग जोडिएको सीमानामा उच्च सर्तक रहन स्थानीय प्रशासनले सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भारतबाट सुरक्षा निकायलाई चनाखो भएर सीमामा थप कडाई गर्न भनिएको बताए ।

यता सीमावर्ती भारतको मिहीपुरुवास्थित बालिका विद्यालयको क्वारेन्टाइनमा राखिएका ९ जना नेपालीको भने परीक्षणमा कोरोना नेगेटिभ देखिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

मनपरे शेयर गरौ ! 

Related post