• October 1, 2020

सुँगुर बेचेको निहुँमा श्रीमानको कर्दले घोचेर हत्या, श्रीमती पक्राउ

 सुँगुर बेचेको निहुँमा श्रीमानको कर्दले घोचेर हत्या, श्रीमती  पक्राउ
मनपरे शेयर गरौ ! 

धनकुटा / जिल्ला प्रहरी कार्यालय धनकुटाले श्रीमानको हत्या गर्ने महिला विरुद्ध मुद्वा दर्ता गरेको छ ।  जिल्लाको छथरजोरपाटी गाउँपालिका वडा नं.४ तेलियाकी वर्ष ३९ की धनमाया थोक्लेन लिम्वुलाई जिल्ला अदालत धनकुटामा कर्तव्य ज्यान सम्वन्धि मुद्वा दर्ता गराएको हो ।

लिम्बुले आफ्नै श्रीमान वर्ष ४७ का इन्द्र वहादुर आङ्गला लिम्वुलाई आइतवार राती सुंगुर रोप्ने कर्दले शरिरको विभिन्न भागमा रोपेर हत्या गरेको प्रहरीले जनाएको छ ।


इन्द्रवहादुरले आफ्नी जेठी श्रीमतीको तीन वर्ष अघि मृत्यु भए पछि कान्छी श्रीमतीको रुपमा करिव ११ महिना अघि धनमायालाई घर भित्र्याएका थिए । तिनै श्रीमतीले इन्द्र वहादुरको ज्यान लिएको वताइएको छ ।

मादक पदार्थ सेवन गरेर एक आपसमा सुँगुर माउ बेचेको पैसाको विषयलाई लिएर श्रीमान / श्रीमती विच विवाद भएको सोही क्रममा धनमायाले इन्द्र वहादुरलाई कर्दले घोचेर हत्या गरेको प्रहरीले वताएको छ ।


श्रीमानको हत्यमा संलग्न लिम्वुलाई आइवतार घरैबाट पक्राउ गरिएको थियो । लिम्वु विरुद्ध मुद्वा दर्ता गरी हिरासतमा राखेर अनुशन्धान अघि वढाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । व्लाष्टखबरमा समाचार छ ।

मनपरे शेयर गरौ ! 

Related post