• September 28, 2020

प्रदेश १ का २८ जनामा कोरोना संक्रमण

 प्रदेश १ का २८ जनामा कोरोना संक्रमण
मनपरे शेयर गरौ ! 


झापा / प्रदेश नं १ मा हालसम्म २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सङ्क्रमितहरुमा २६ पुरुष र दुई महिला रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्क विराटनगरले जनाएको छ ।


सङक्रमितमध्ये १६ नेपाली नागरिक र १२ भारतीय नागरिक रहेका छन् । नेपाली नागरिकमध्ये ४ जना मोरङका, ११ जना उदयपुर त्रियुगाका, ३ जना भूल्केका र १ जना सप्तरीका छन् ।
उनीहरुकोे कोशी अञ्चल अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको छ भने सङ्क्रमितको अवस्था सामान्य रहेको बताइएको छ ।


प्रदेशमा ४ हजार ८१३ को कोरोना परीक्षण भएको छ । पिसीआर विधिबाट ८८४ को र दू्रत परीक्षण विधि (आरडिटी) बाट बिहीबारसम्म जम्मा तीन हजार ९२९ को नमूना परीक्षण गरिएको छ ।

मनपरे शेयर गरौ ! 

Related post