• September 30, 2020

दमकमा एकै परिवारका ३ जनामा एन्टिबडी पोजेटिभ

 दमकमा एकै परिवारका ३ जनामा एन्टिबडी पोजेटिभ
मनपरे शेयर गरौ ! 


दमक / दमकमा एकै परिवारका ३ जनामा एन्टिबडी पोजेटिभ देखिएको छ । एन्टिबडी पोजेटिभ भनेको ब्यक्तिको शरिरमा कोरोना भाईरस कोभिड १९ को संक्रमणलाई जिवित राख्न भाईरसको सकृयता छ भन्ने भएको हो ।

र्यापिड डाइग्नोष्टिक टेष्टमा पोजेटिभ देखिएपनि पिसिआर गर्न बाँकी रहेकोले नअत्तालिन नगरपालिकाले आग्रह गरेको छ । यसअघि हल्दिबारीका एक युवामा पनि एन्टीबढी पोजेटिभ देखिएको थियो पछि उनको स्वाब परिक्षण गर्दा कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।


एक महिना अघि दुबइबाट आएका २८ वर्षीय युवामा एन्टिबडी पोजेटिभ देखिएपछि परिवारका अन्य सदस्यको पनि परिक्षण गरिएको हो । सो परिक्षणमा ती यूवाका बुबा र आमामा एन्टिबडी पोजेटिभ देखिएको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताइन् । तर, उनकी श्रीमतीमा चाहिँ एन्टी बडी पोजेटिभ नदेखिएको स्वास्थ्य निरिक्षक बद्री बरालले बताए ।


बिहिबार दमक नगरपालिकाले जारी गरेको विज्ञप्तीमा एक जनामा मात्र आर डि टि पोजेटिभ देखिएको भन्ने उल्लेख थियो । सो विज्ञप्ती पछि परिक्षण गरिएकोले त्यसको रिपोर्ट शुक्रबारको विज्ञप्तीमा समाबेश गर्न छुटेको नगरपालिकाले स्पस्ट पारेको छ ।

शुक्रबार ३ जनाकै पीसिआर रिपोर्टको नतिजा आए पछि विज्ञप्ति मार्फत सार्वजनिक गरिने नगर प्रवक्ता तथा उप प्रमुख गीता अधिकारीले जानकारी दिइन् ।


संक्रमितको दमक ३ जनता चोकस्थित घर अहिले प्रशासनले सिल गरेको बताइएको छ । आसपासका घरबाट कसैलाई पनि बाहिर निस्कन नदिइएको दमक नगरपालिका वडा नं ३ का वडाअध्यक्ष नबिन बरालले जानकारी दिए ।


सो क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ । संक्रमित क्षेत्रमा शशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको वडाअध्यक्ष बरालले बताए । आरडिटि पोजेटिभ देखिएका ती ब्यक्तिको स्वाब परीक्षणका लागि धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ ।


पोजेटिभ देखिएका ३ जनालाई दमक अस्पतालमा निर्मित आइसोलेशन वार्डमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post