• June 4, 2020

बिर्तामोडको कोरोना संक्रमण रोकथाम राहत कोषमा शिक्षक महासंघद्वारा २ लाख ९० हजार सहयोग

 बिर्तामोडको कोरोना संक्रमण रोकथाम राहत कोषमा शिक्षक महासंघद्वारा २ लाख ९० हजार सहयोग
मनपरे शेयर गरौ ! 


बिर्तामोड / बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन कोषमा नेपाल शिक्षक महासंघ बिर्तामोड नगर समितिले नगरका ८ विद्यालयबाट संकलन गरेको २ लाख ९० हजार ९५८ रुपैयाँ हस्तान्तरण गरेको छ ।

सो रकम महासंघ अध्यक्ष युवराज कट्टेलले नगरप्रमुख शिवाकोटी र प्रशासकीय अधिकृत पशुपति खतिवडालाई प्रदान गरेका छन् ।

राहत कोषमा तक्षशिला एजुकेशन फाउण्डेशन बिर्तामोडले ५१ हजार रुपैयाँ सहयोग गरको छ ।
फाउण्डेशनकी अध्यक्ष पूजा गिरी र प्रिन्सिपल श्रद्धा गिरी (बोहोरा) को अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो रकम सहयोग गर्ने निर्णय गरेको थियो ।

फाउण्डेशनका सञ्चालक दीपक गिरी र मनिष गिरीले नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई रकम हस्तान्तरण गरे ।

राहत कोषमा हालसम्म नगद र बस्तुगत सहयोगसहित एक करोड १४ लाख ८२ हजार ४०२ रुपैयाँ जम्मा भएको नगरपालिकाले जनाएको छ ।

मनपरे शेयर गरौ ! 

Related post