• September 30, 2020

झापाको दमकमा देखियो कोरोना, ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि

 झापाको दमकमा देखियो कोरोना, ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि
मनपरे शेयर गरौ ! 


दमक / झापाको दमकका एक ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दमक नगरपालिका ३ जनता चोक निवासी ती पुरुषको धरान स्थित बीपी कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरानमा स्वाब परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको दमक नगरपालिकाको स्वास्थ शाखाले जनाएको छ ।


धरानमा गरिएको परिक्षणमा ३ जना मध्ये १ जनाको स्वाब रिपोर्ट पोजेटिभ आएको हो । एक महिना अघि उनका ३४ वर्षीय छोरा यूएइबाट फर्केका थिए । उनको पहिलो पटक गरिएको आरडिटि परिक्षण रिपोर्ट पोजेटिभ देखिएपछी परिवारका अन्य सदस्यको समेत परिक्षण गरिएको थियो ।


सो परिक्षणमा ती युवाको आमा र बाबुको रिपोर्ट पोजेटिभ तर उनकी श्रीमतिको भने नेगेटिभ आएको थियो । दमकमा पहिलो संक्रमित नै परिवारमा देखिएकाले स्वास्थ सुरक्षामा थप चुनौती बढेको छ ।


दमक नगरपालिकाले संक्रमित ब्यक्तिको ट्राभल स्टोरि तयार गर्न सुरु गरेको जनाएको छ । संक्रमण देखिएको क्षेत्रमा थप कडाई गरिएको छ ।

कोरोना संक्रमित वृद्ध डाइबेटिजका रोगी थिए । त्यसैले आमाछोरामा कोरोनाको संक्रमण तेस्रो चरणमा पुगेर निष्क्रिय भएपनि बुवामा एक्टिभ भएको हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।

आरडिटी परिक्षण पोजेटिभ देखिएसिछ उनीहरुको घर बिहिबार बेलुका देखि नै सिल गरिएको छ भने शुक्रबारदेखि सो गाउँ र नजिकै रहेको भुटानी शरणार्थी शिविर समेत सिल गरिएको बताइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post