• October 1, 2020

झापामा कोरोना संक्रमित भेटिएपछि मेचीनगरमा उच्च सतर्कता

 झापामा कोरोना संक्रमित भेटिएपछि मेचीनगरमा उच्च सतर्कता
मनपरे शेयर गरौ ! 

मेचीनगर / झापाको दमक र बाह्दशीमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमित व्यक्ति फेला लगत्तै मेचीनगर नगरपालिकाले आफ्नो क्षेत्रमा प्रवेश गर्ने सवारी साधन र मानिसहरुमा कडाइन गर्न थालेको छ ।

भारतको पश्चिम बंगालको रानीगञ्ज नाकासँग जोडिएको नेपाल प्रवेशको पूर्वीद्वार मेचीनगरले अहिले आफ्नो पश्चिम नाकामा चेकजाँचमा कडाई र आवत जावत गर्ने व्यक्तिहरुमाथि कडा निगरानी बढाएको नगरपालिका प्रमुख विमल आचार्यको भनाई छ ।

भारतको लकडाउनका कारण पूर्वीनाकाबाट मानिसलगायत सवारी साधनकोे आउजाउ ठप्प छ । मेचीनगरको पश्चिम सिमाना विर्तामोड नगरपालिकासँग जोडिएको छ ।

नगरपालिकाले देशका विभिन्न ठाउँमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढी रहेको र अन्य ठाउँबाट संक्रमित व्यक्तिको प्रवेश नहोस भन्ने उद्घेश्यले निगरानी बढाउनुका साथ उच्च सतर्कता बढाएको उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ ।

मेचीनगरक्षेत्र प्रवेश गर्नेको अभिलेख राख्न तथा उनीहरुको तापक्रम मापनका लागि पुर्व पश्चिम राजमार्गको मेचीनगर—१३ स्थित चारआली पश्चिम टेण्ड खडा गरेर जनशक्ति परिचालन गरिएको छ । नेपाल सेना, नेपाल प्रहरी, स्वास्थ्यकर्मीलगाय जनप्रतिनिधिहरु र स्थानीय संघ संस्थाका प्रमुख प्रतिनिधिहरु त्यहा सक्रिय रहेका छन् ।

नेपालका जुनसुकै भूभागबाट आएर नगरपालिका क्षेत्र प्रवेश गर्ने सवैलाई सेटीटाएजर र साबुन पानीले राम्रोसँथ हात धुन लगाउने ज्वरो मापन गर्ने र हातमा ‘होम क्वारेन्टाइन लेखिएको छाप’ लगाइदिने व्यवस्था नगरपालिकाले गरेको छ ।

यदि कोहि नगरपालिकाको स्थायी वासीन्दा भए उनीहरुको स्वास्थ्य परीक्षण गरे तीनसातासम्म होम क्वारेन्टाइन बस्नका फारम भर्न लगाउने , होम क्वारेन्टाइन बस्ने मानिस भनेर चिनिने गरी हातमा छाप हान्ने र सम्बन्धी वडा कार्यालयको जिम्मामा सुरक्षित बस्ने गरी घर पठाउने ब्यवस्था मिलाइएको उपप्रमुख उप्रेतीको भनाई छ ।

देशका विभिन्न भूःभागबाट मेचीनगर प्रवेश गरेर पूर्वी पहाडी इलाम, पाचथर ताप्लेजुङलगायतका अन्य जिल्लामा जाने जोसुकैलार्ई पनि चारआलीमा स्वास्थ्य परिक्षण गरेर मात्रै गन्तव्यतर्फ पठाइने गरिएको छ ।

विश्वमा आतंक मच्चयाई रहेको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण नेपाल र झापामा समेत फेला परेका कारण मेचीनगरमा यसको संक्रमण फैलन नदिन र नगरवासीलाई सुरक्षित राख्न यो अभियान शुरु भएको नगर प्रमुख आचार्यको भनाई छ ।

मनपरे शेयर गरौ ! 

Related post