• November 28, 2020

नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुग्यो, १६ जना निको भएर घर फर्किए

 नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुग्यो, १६ जना निको भएर घर फर्किए
मनपरे शेयर गरौ ! 


झापा / नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार पर्सा जिल्लाको विरगञ्जमा २ र झापाको बाह्दशीमा १ जनामा पोजेटिभ देखिएपछि संक्रमितको संख्या ५२ पुगेको हो ।

यसअघि १२ बैशाखमा झापाको दमक ३ मा एकजनामा संक्रमण दखिएको थियो । कोरोना संक्रमितमध्ये सफल उपचारपछि निको भएर १६ जना घर फर्किएका छन् ।

Worldometer

कोरोना भाइसरबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ३ हजार ९५९ पुगेको छ । विश्वभर २९ लाख ४५ हजार ५९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ८ लाख ४२ हजार ४९२ जना उपचारपछि निको भएका छन् ।

मनपरे शेयर गरौ ! 

Related post