• November 27, 2020

कोरोना भाइरस मार्ने ट्रम्पको अनौठो सुझाव

 कोरोना भाइरस मार्ने ट्रम्पको अनौठो सुझाव
मनपरे शेयर गरौ ! 

वासिंगटन, (एजेन्सी) / कोरोना भाइरसमाथि काबु पाउन विश्वभरि नै सघन शोध भइरहेको छ । यसबीच समयसमयमा आफ्नो चिकित्सकीय ज्ञान प्रदर्शन गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस भाइरस नियन्त्रणका लागि अर्को नयाँ उपाय सुझाएका छन् ।

कोरोना भाइरस गर्मी र आद्रताको वातावरणमा जीवित रहने सम्भावना कम हुने भएकाले यसको उपचारमा अल्टाभ्वाइलेट किरणको उपयोग गरी शरीरमा रहेका ती जीवाणु नष्ट गर्ने उपायमा विचार गर्न ट्रम्पले भनेका छन् ।

आफूले यस विषयमा पहिला पनि भनेको तर कसैले यसलाई गम्भीरतापूर्वक नलिएको अब यसको पुष्टि भएको बताउँदै उनले आफ्नो ज्ञानको पृष्ठपोषण गरेका छन् ।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटिजमा साइन्स एन्ड टेक्नोलोजीका प्रमुख बिल ब्रायनले भने– ‘जब यो संक्रमण तेजिलो घामको सम्पर्कमा आउँछ, तब यो नस्ट हुन्छ । त्यसै गरी आद्रता बढी भएको वातावरणमा पनि त्यस्तै हुन्छ ।’ इसोप्रोपाइल अल्कोहलले पनि यो भाइरसलाई ३० सेकेन्डमा मार्न सक्ने उनले बताए ।

हाम्रो शोधमा यो पनि थाहा भएको छ कि यो भाइरस सूर्यको प्रकाशमा सतह वा हावा दुवै स्थानमा नस्ट हुन्छ । ब्रयानले यसमा जोड दिँदै उनीहरुको यो शोधको परिणाम अहिले पनि प्रारम्भिक चरणमा रहेको बताए ।

कोरोना भाइरस टास्क फोर्सको प्रेजेन्टेसनका क्रममा वैज्ञानिकहरुले सूर्यको प्रकाशमा २ मिनेटमा भाइरस मर्ने बताएका थिए । यस तथ्यलाई लिएर ट्रम्पले त्यस्तै शक्तिशाली प्रकाश बिरामीको शरीरभित्र पु¥याउन भनेका छन् ।

यसअघि ट्रम्पले योभन्दा अजीवको सुझाव दिएका थिए । उनले शरीरमा ब्लिज र आइसोप्रोपिल अल्कोहलजस्ता क्लिन्जरको इन्जेक्सन लगाउनु भनेका थिए ।

ब्लिच र आइसोप्रोपिल अल्कोहल भाइरसलाई ५ मिनेटमा र अल्कोहलले ३० सेकेन्डमा मार्न सक्ने अमेरिकी होमल्यान्ड सिक्युरिटी डिपाटमेन्टका टेक्नोलोजी डाइरेक्टोरेटका प्रमुख बिल ब्रायनले बताएका थिए ।

ट्रम्पको यी सुझावका कारण वैज्ञानिक ब्रायन र टास्क फोर्सका कोर्डिनेटर डेबोरो बिरक्सलाई लज्जाबोध हुनुपरेको थियो । ह्वाइट हाउसमा ब्रिफिङका क्रममा ब्रायनले सूर्यको किरणबाट कोरोना भाइरस मर्ने जानकारी दिएपछि ट्रम्पले भने– ‘यो किरणलाई छाला वा अन्य कुनै माध्यमबाट शरीरभित्र पु¥याउन सक्छ भन्ने तपाईं अनुमान गर्नुस् । मलाई लाग्छ तपाईंहरु यसको जाँच गर्नुहुनेछ ।’

त्यसपछि ब्रायनले यस विषयमा कुनै प्रतिक्रिया नदिइकनै आप्mना भनाइहरु राखेका थिए । विश्वमा कोरोनाबाट मर्नेको संख्या २ लाख नाघेको छ । अमेरिकामा मात्र यो संख्या ५४ हजार २ सय ५६ पुगिसकेको छ । नेपाल समाचारपत्रमा समाचार छ ।

मनपरे शेयर गरौ ! 

Related post