• October 1, 2020

भारतमा कोरोना भाइरसबाट आठ सय ७२ जनाको मृत्यु

 भारतमा कोरोना भाइरसबाट आठ सय ७२ जनाको मृत्यु
मनपरे शेयर गरौ ! 


झापा / छिमेकी देश भारतमा अहिलेसम्म कोरोना भाइरसबाट आठ सय ७२ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरस (कोभिड(१९) बाट पछिल्लो २४ घण्टामा ४८ जनाको मृत्यु भएको छ ।
२४ घण्टामा भारतमा करिब एक हजार चार सय नयाँ संक्रमित थपिएको तथ्यांक भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ ।


यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या २७ हजार आठ सय ९२ पुगेको छ । अहिलेसम्म भारतमा ६ हजार एक सय ८५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

मनपरे शेयर गरौ ! 

Related post