• September 29, 2020

कोरोना : नेपालमा ५२ जना संक्रमित, विश्वभर मृत्यु हुनेको संख्या २ लाख ११ हजारबढि

 कोरोना : नेपालमा ५२ जना संक्रमित, विश्वभर मृत्यु हुनेको संख्या २ लाख ११ हजारबढि
मनपरे शेयर गरौ ! 


झापा / कोभिड–१९ कोरोना भाइरसका कारण नेपालमा ५२ जना संक्रमित भएका छन् । संक्रमितमध्ये उपचारपछि निको भएर १६ जना घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

३६ जना संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या यो समाचार तयार पार्दासम्म २ लाख ११ हजार ६०९ जना पुगेको वल्र्डमिटरको तथ्याङकमा उल्लेख छ ।


कोरोना भाइरसका कारण विश्वभर ३० लाख ६४ हजार ८३० जना संक्रमित भइसकेका छन् भने उपचारपछि ९ लाख २२ हजार ३९७ जना घर फर्किएको छन् ।


अमेरिकामा कोरोना भाइरसका कारण ५६ हजार ८३० जनाको मृत्यु भइसकेको छ । १ लाख ३८ हजार ९९० जनाको सफल उपचार भएको छ भने ८ लाख १४ हजार ७१४ जना संक्रमित छन् ।

मनपरे शेयर गरौ ! 

Related post