मनपरे शेयर गरौ ! 

कहाली लाग्दा कहरहरु
जीवनका त्रासपूर्ण दैनिकीहरु
भयभित गराउने प्रकृतिको प्रहार
मान्छेका सोच विचारहरु भन्दा फरक
नदेखिने तर सशक्त आक्रमण
अनि विश्वयुद्ध झै झझल्को गराउने
तर न सिमा र भूगोलमा विवाद
न आस्था विचारको द्वन्द
न कुनै प्राकृतिक सम्पदा माथिको हस्तक्षेप
ढ्याङ्ग्रो बजे झै मुटु हल्लाउने त्रासदी ।

शस्त्र अस्त्रहरु सबै निकम्मा भए
औषधी उपचार प्रभावहिन छन्
सबै उपायहरुले आत्मसमर्पण गरे
कसैका जोडबलले केही काम गर्न सकेनन्
धामी(झाँक्री,ढोल(ढ्याङ्ग्रा विसर्जनमा परे ।

हेर्दा हेर्दै मूर्दाहरुको उन्मुक्त सहर बन्यो
दम्भ घमण्ड लम्पसार परे
महाशक्तिहरु कर्कलो डाँठ झैँ ओइलाए
राजा महाराजाहरु पर्खाल झै ढले
धन सम्पतीका घमण्ड चक्नाचुर भए
वंश रित्तियो परिवार विछोडियो
तरै पनि मान्छेमा अझै चेत पलाएन ।

समस्या समाधानमा भन्दा
आरोप प्रत्यारोपमा दिनहरु विते
सुनामी पछि झै गाउँ सहर खाली भए
विश्वका सर्वोकृष्ट मान्छे हौँ भन्नेलाई
छानी छानी लगातार प्रहार भै रहेछ ।

पृथ्वीको भोगचलन सक्नेहरुको
न राज्य खडा भएको छ
न सिमाना र पर्खाल छन्
न गोला बारुद एकठ्ठा गरे
न सम्पती जोड्ने होड नै चलेको छ
मात्र वस्ती विस्तार भै रहेछ ।

मानवीय हठ र धृष्ठताको पराष्टलाई
प्रकृितले नै ठाडो चुनौती दियो
पृथ्वी सबैको साझा वासस्थान हो
एक्लै राज गर्न पाउँदैनस्( धम्की पनि दियो
मानविय समवेदना र आत्मियता
यिनै घट्नाहरुले नबिर्सने गरि पढायो

आफूसँगै अरुलाई पनि बाँच्न सिकायो
मानव हृदय कति कमजोर रहेछ
समयले झापट हान्दै सचेत गरायो
महामारी कसैको हितमा हुँदैन
यो कटु तर सत्य कुरा
मान्छेलाई बोल्न विवश बनायो ।।

मनपरे शेयर गरौ !