कविता : भो अब आउ प्यारा


चाडवाडको कुरै छाडौं, कात्रो किन्ने कोहि छैन
तिमी प्रदेश गए देखि, बारी खन्ने कोहि छैन
हरेक दिन अनि रातहरु तिम्रै यादमा बित्ने गर्छ्न
बाटो हेरि औला भाच्दै ,साँझ बिहान कट्ने गर्छ्न
एकै छाक खाउला बरु, संगै बसि जीवन काटौ
दु:ख सुख मेहनत गरि, संगै बसि माया साटौ
तिमी प्रदेश गाएको पनि बषौ वर्ष बिति सक्यो,
कलकहलाउदो यौवन मेरो यसै उसै बिति सक्यो
भो अब आउ प्यारा, कति बस्छौं प्रदेशी भै
मिलिजुली पसिनालाई बगाउला स्वदेश मै