• November 25, 2020

नेकपा विवाद: तीन केन्द्रमा सघन छलफल, आज सचिवालय बैठक बस्ने

 नेकपा विवाद: तीन केन्द्रमा सघन छलफल, आज सचिवालय बैठक बस्ने
मनपरे शेयर गरौ ! 

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको आन्तरिक विवादले शीर्ष नेताका निवासमा दौडधुप बढेको छ । बालुवाटार, खुमलटार र कोटेश्वरमा सघन छलफल चलिरहेको छ ।

सरकारले ल्याएको अध्यादेशको कारण उत्पन्नभएको विवाद उत्कर्षमा पुगगेसँगै विवादको समाधानगर्न शीर्ष नेतानिवासमा धौडधुप भएको हो ।


शीर्ष तहमा शक्ति संघर्ष देखिएसँगै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपीशर्मा ओलीले असन्तुष्ट समूहलाई फकाउने र गलाउने रणनीति लिनुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूह एकै ठाउँमा उभिएपछि प्रधानमन्त्री ओली जारी भएको दुई अध्यादेश फिर्ता लिन बाँध्य हुनुभएको थियो ।

स्थायी समितिका बहुमत सदस्यहरुले स्थायी समितिको बैठकको माग गरेपछि अध्यक्ष ओली थप दबाबमा पर्नुभएको छ । प्रधानमन्त्री ओलीले असन्तुष्ट वरिष्ठ नेता नेपालसँगको छलफललाई तीब्रता दिनुभएको छ ।

तर सहमति जुट्न सकेको छैन । सकेसम्म प्रधानमन्त्री ओली सचिवालय बैठक बोलाएर विवाद सामसुम पार्ने रणनीतिमा रहनुभएको छ । तर, प्रचण्ड–नेपाल समूहभने स्थायी समितिको बैठक बोलाउनुपर्ने अडानमा हुनुहुन्छ ।

शीर्ष तहमाविवाद बढेपछि शीर्ष नेता निवासमा दिनहुँजसो गुटको भेला हुनेगरेको छ । केही दिनअघि उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा बहुमत सचिवालय सदस्यको बैठक बसेको थियो ।

प्रधानमन्त्री निवास बालुटारमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतम, वरिष्ठ नेता नेपालसँग एक्लाएक्लै भेटेर आफ्नो पक्षमा ल्याउने रणनीति बनाउनुभएको छ । त्यसैगरी अर्का अध्यक्ष प्रचण्ड निवास खुमलटारमा पनि पूर्वमाओवादी समुहको भेलाहुने गरेको छ ।

सोमवार प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता भएलगत्तै नेपाल निवासमा ओली र नेपाल समूहको छुट्टै भेला सम्पन्न भएको छ । भेलाले यथाशीघ्र र व्यवस्थित ढंगले पार्टी कमिटीको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको भेलामा सहभागी स्थायी समिति सदस्य रघुजी पन्तले बताउनुभयो ।
त्यस्तै दुवै पक्षबीच सचिवालयको बैठक मंगलबार बस्ने सहमति पनि भएको छ ।

सचिवालयको बैठकले स्थायी कमिटी बैठकको मिति तोक्ने पनि सहमति भएको छ । उक्त बैठकमा माधव नेपालपक्षले सरकार र पार्टीका कामबारे विना पूर्वाग्रह समीक्षा गर्नुपर्ने र समस्याको निकास खोज्नुपर्ने धारणा राखेको बताइएको छ । त्यस्तै,त्यस्तो निकास पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा केपी ओलीले दिनुपर्नेमा नेताहरु एकमत बनेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री ओलीमाथि पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्न दवाव परेको छ । त्यसैगरी सोमबारै दिउँसो अध्यक्ष प्रचण्ड र नेता झलनाथ खानलबीच खुमलटारमा भेटवार्ता भएको थियो ।

प्रचण्ड र खनालको सहभागिता नरहेको कोटेश्वरको बैठकमा ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम रावललगायतको सहभागिता रहेको थियो ।न्यूजअफ नेपालबाट

मनपरे शेयर गरौ ! 

Related post