• September 28, 2020

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४, निको भएर १६ जना घर फर्किए

 नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४, निको भएर १६ जना घर फर्किए
मनपरे शेयर गरौ ! 


झापा / नेपालमा कोरोना भाइरस (कोभिड–१९¬) का कारण संक्रमितको संख्या ५४ जना पुगेको छ ।
मंगलबार रौतहटमा थप दुई जना पुरुषमा संक्रमण देखिएपछि नेपालमा संक्रमितको संख्या ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ विरामीको नारायणी अस्पताल विरगञ्जमा उपचा भइरहेको छ ।

संक्रमित मध्ये उपचारपछि निको भएर १६ जना घर फर्किएका छन् भने ३८ जना देशका विभिन्न अस्पतालमा उपचाररत छन् । अहिले देशका १६ स्थानमा कोरोना भाइरसको पीसीआर परिक्षण गरिदै आएको छ ।

हालसम्म करिब ११ हजार जनामा पीसीआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, ५४ हजार ८२४ जनाको आरडीटी परिक्षण गरिएको बताइएको छ ।

देशभर २२ हजार ९९ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने क्वारेन्टाइनमा रहेका मध्ये ३०९ जना रेड जोनमा रहेका छन् ।

मनपरे शेयर गरौ ! 

Related post