• October 1, 2020

एकैदिन तीन जनामा देखियो कोरोना, नेपालमा संक्रमितको संख्या ५७ पुग्यो

 एकैदिन तीन जनामा देखियो कोरोना, नेपालमा संक्रमितको संख्या ५७ पुग्यो
मनपरे शेयर गरौ ! 

झापा / सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप तीन जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका २ र पर्साका १ जना पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए।

उनका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । ती तीन जना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन्। उनका अनुसार सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् । सङ्क्रमित पुरुष ३१, ४३ र ४६ वर्षका रहेका छन् ।

आज थप तीन जनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ । नेपालमा १६ जना निको भएका छन् ।

मनपरे शेयर गरौ ! 

Related post