बढी कर तिर्ने बैंक बन्यो कन्काई विकास बैंक

दमक /  उत्कृष्ट कर दाताको रुपमा झापाको दमकको कन्काई विकास वैक पुरस्कृत भएको छ । कर सप्ताहको समापनको अवसरमा आन्तरिक राजस्व कार्यालयले गतबर्ष सबैभन्दा बढी कर बुझाउने दाताको रुपमा बैंकलाई यसवर्षको उत्कृष्ट करदाताको रुपमा पुरस्कृत गरेको हो । कार्यालयका अनुसार आर्थिक बर्ष २०७३/०७४ मा कन्काई बिकास बैंकले रु १ करोड ६९ लाख ९० हजार ७४ […]

थप पढ्नुहोस

दशैमा ४० अर्व नयाँ नोट बजारमा आउने

काठमाण्डौं / नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गरी ४० अर्व नयाँ नोट बजारमा पठाउने भएको छ । नयाँ नोट बजारमा ल्याउने तयारी गरे पनि राष्ट्र बैंकले सर्वसाधारणलाई सटहीमा कसरी सहज बनाउने भन्ने विषयमा छलफल भइरहेको बताएको छ । राष्ट्र बैंकले गतवर्षकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गर्न लागेको छ ।

थप पढ्नुहोस

गरिमा विकास बैैँक र युनियनलाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता

विर्तामोड / गरिमा विकास बैैँक लिमिटेड र युनियनलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइतबार आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र युनियनलाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कणले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । दुई संस्था […]

थप पढ्नुहोस

तीन अङ्कले घट्यो शेयर बजार

काठमाडौं / निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आइतबार पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७८ बिन्दुले घटेर एक हजार १७५.७२ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५७ बिन्दुले घटेर २४८.४२ बिन्दुमा कायम भएको छ । कूल १४६ कम्पनीको रु ६ लाख नौ […]

थप पढ्नुहोस

अर्थ समितिले उठायो नेपाली नोटबन्दीको कुरा

काठमाडौं / छिमेकी देश भारतले नोटबन्दी गरेको कारण नेपाललाई परेको प्रभावको विषय र नेपालीसँग भएको भारु पाँच सय र हजारको नोट कागज जस्तै बनेको बहस नसेलाउँदै संसदको अर्थसमितिमा नेपालमा नोटबन्दीको छलफल भएको छ। बुधबार वर्तमान वित्तीय अवस्था र आगामी योजनाका विषयमा नेपाल राष्ट्र बैंकसहितको छलफलमा समिति सदस्य महेश बस्नेतले नेपालमा नोटबन्दी आवश्‍यक रहेको सुझाएका हुन्। बस्नेतले […]

थप पढ्नुहोस

गाभिए मेगा र टुरीजम डेभलपमेन्ट बैंक, आइतवार देखि मेगा बैकको नामबाट कारोबार सुरु

काठमाडौं / मेगा बैंक र टुरीजम डेभलपमेन्ट बैंकले एकिकृत कारोबार सुरु गरेका छन् । दुवै बैंक एकापसमा गाभिएर आइतवार देखि मेगा बैकको नामबाट कारोबार सुरु गरेका हुन् । नेपाल राष्ट्र्र बैंकले ९ वैशाख र कम्पनी रजिष्ट्रारको कार्यालयले १२ वैशाखमा यी दुवै बैंकलाई एकीकृत कारोबार गर्न अनुमति दिएका थिए । एकिकृत कारोबार सुरु भएसँगै मेगा बैक […]

थप पढ्नुहोस

नेपालको आर्थिक वृद्धिदर सरकारको अपेक्षा भन्दा कम :एडीबी

बीबीसी / एसियाली विकास बैङ्कले यस वर्ष नेपालको आर्थिक वृद्धिदर सरकारले अपेक्षा गरेको भन्दा कम ४.९ प्रतिशत मात्र रहने अनुमान गरेको छ । सरकारले प्रक्षेपण गरेको आर्थिक वृद्धिदर भन्दा यो १ दशमलब १ प्रतिशत विन्दुले कम हो । यसवर्ष गएको बाढीले कृषि उत्पादनमा पारेको असरजस्ता कारणले आर्थिक वृद्धिदर खस्कने अनुमान गरिएको एसियाली विकास बैङ्कका अर्थविदहरुलाई […]

थप पढ्नुहोस

श्वेतपत्रले सेयर बजारको समस्या देख्यो, समाधान नि देला ?

काठमाडौं / श्वेतपत्रको अपेक्षामा रहेका लगानीकर्ताहरुले बजारको समस्याको समाधान नपाएपनि सरकारले समस्या पहिचान गरेको भन्दै सन्तोष मानेका छन् । ‘बजारको समस्याको सरकारले गरेको देखिन्छ, अब विज्ञहरु नै हुनुहुन्छ समाधान पनि खोज्नु होला नि,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भए । श्वेतपत्रले पनि बजारका साना लगानीकर्ताहरुमा जानकारी अभाव, सेयरको बढ्दो आपूर्ति र ब्याजदर वृद्धिलाई नै […]

थप पढ्नुहोस

असार मसान्त भित्र सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुग्ने

काठमाडौँ / आगामी तीन महिनाभित्र सबै स्थानीय तहमा वाणिज्य बैंक पुग्ने भएका छन् । बैंक नपुगेका ३ सय ५९ स्थानीय तहमा तोकिएको समयभित्र शाखा स्थापना गर्न राष्ट्र बैंकले निर्देशन दिएपछि आउँदो असारसम्म सबै स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्ने भएको हो । सबै स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंक पुर्‍याउने सरकारको लक्ष्यअनुसार शाखा स्थापनाका लागि बैंकहरुलाई राष्ट्र […]

थप पढ्नुहोस