बिर्ता बालक्लबलाई खेलकद सामाग्री

झापा / बिर्तामोड नगरपालिका ३ नम्बर वडा कार्यालयले स्थानीय बिर्ता बालक्लबलाई बिभिन्न खेलकद सामाग्री हस्तान्तरण गरेको छ । ३ नम्बर वडा कार्यालयले शनिबार एक कार्यक्रमका बिच २ थान फुटबल, ५ थान ब्याड मिन्टन, २ थान भलिबल, ६ थान स्केपिङ, २१ थान डायरीलगायतका सामाग्रीहरु बितरण गरेको हो । विर्ता वालक्लबका अध्यक्ष सुदीप भट्टराइको अध्यक्षता रहेको कार्यक्रममा […]

थप पढ्नुहोस

सुस्त मनस्थितिका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री हस्तान्तरण

बिर्तामोड / शिवांश स्मृती प्रतिष्ठानले झापाको बिर्तामोड–१०, मा अवस्थित बिराट आधारभुत बिद्यालयमा अध्यनरत फरक क्षमता भएका ४५ जना बिद्यार्थीलाई बिद्यालय पोशाक तथा शैक्षिक सामाग्री बितरण गरेको छ । दश महिनाको कलिलै उमेरमा डेनमार्कमा निधन भएका शिवांश विमलीको स्मृतीमा स्थापीत प्रतिष्ठानले कन्काई नगरपालिका ८ मा अवस्थित हिमाली आधारभुत बिद्यालयमा आयोजीत कार्यक्रमका बिच सामाग्री फरक क्षमता अर्थात […]

थप पढ्नुहोस

बालबालिकाको चेहरामा खुशी देखें म पनि खुशी हुन्छु : प्रधानमन्त्री ओली

काठमाडौं /  पुस,प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका बालबालिकाको चेहरामा खुशी देख्दा आफू पनि खुशी हुने बताएका छन् । नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा एक विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । “बालबालिकाको चेहरामा खुशी देंखे भने म पनि खुशी हुन्छु ” प्रधानमन्त्री ओलीले भने “नयाँ पिँडिको चेहरामा मुस्कान […]

थप पढ्नुहोस

विद्यार्थीलाई ह्वीलचियर वितरण

शिवसताक्षी  /  शिवसताक्षी–४ स्थित अस्मिन मेमोरियल स्कूलका चारजना विद्यार्थीलाई ह्वीलचियर वितरण गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाका स्वकीय सचिव तुलसीराम मैनाली र राष्ट्रिय अपाङ्ग कोषका महासचिव यमनाथ मैनालीको सहयोगमा ती विद्यार्थीलाई ह्वीलचियर प्रदान गरिएको हो । अस्मिन मेमोरियल स्कूलका संस्थापक निलमकुमार मैनालीको विशेष पहलमा विद्यार्थीलाई ह्वीलचियर सहयोग गरिएको बताइएको छ । विद्यार्थीहरु सन्तोष शाह, […]

थप पढ्नुहोस

इष्ट होराइजनमा शितकालीन महोत्सव आयोजना हुने

धुलाबारी / धुलाबारी स्थित इष्ट होराइजन अङ्ग्रेजी आवाशिय माध्यमिक विद्यालयले यही पुस ११ र १२ गते इष्ट होराइजन शितकालीन महोत्सव आयोजना गर्ने भएको छ । सो विद्यालयले सोमबार पत्रकार सम्मेलन गरी विद्यार्थीलाई औपचारिक अध्ययनका अतिरिक्त व्यवहारिक ज्ञान प्रदान गर्न शितकालीन महोत्सव आयोजना गर्न लागिएको जनाएको हो । विद्यालय परिसरमा आयोजित सम्मेलनमा प्रिन्सिपल सन्जिव राईले महोत्सवमा […]

थप पढ्नुहोस

सामाजिक अभियन्ताको प्रयासमा सरसफाइ र विद्यार्थीलाई न्यानो कपडा वितरण

अर्जुनधारा / अर्जुनधारा नगरपालिकाको बालकल्याण प्राथमिक विद्यालय र चन्द्रोदय प्राथमिक विद्यालयका छात्र छात्रलाई आज जाडोको स्वीटर र टोपी वितरण गरिएको छ । अर्जुनधाराका सामाजिक अभियन्ता कमल पोखरेल, विष्णु आचार्य , मिलन राई र भरत बस्नेतलगायतका युवाहरुको अग्रसरतामा विद्यालयका छात्र छात्रालाई न्यानो कपडा वितरण गरिएको हो । हाल अष्ट्रेलियामा रहेका अर्जुनधाराका स्थानीय अनिल मानन्धरको सहयोगमा १४२ […]

थप पढ्नुहोस

विपन्न ६० बालबालिकालाई जेसीजले दियो टाई, बेल्ट

दुर्गापुर /  वीरता जेसीजले कनकाई नगरपालिका–१ स्थित पशुपति प्राथमिक विद्यालयका ६० विद्यार्थीलाई टाई, बेल्ट वितरण गरेको छ । विद्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई टाई, बेल्ट प्रदान गरेको हो । गिट्टी कुट्ने मजदुर तथा अन्य मजदुरी गरी जिविकोपार्जन गर्ने विपन्न परिवारका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा जेसीजले गुणात्मक शिक्षाका लागि टेवा पुर्याउन उक्त सामग्री वितरण गरेको […]

थप पढ्नुहोस

बालबालिकालाई लत्ताकपडा र खाद्यान्न हस्तान्तरण

अर्जुनधारा / नेपाल भारत मैत्रीसंघ तथा मारवाडी महिला मन्च मेचीनगरको संयुक्त आयोजनामा बालगृहका बालबालिकाहरुलाई दसैंको लत्ताकपडा र खाद्यान्न हस्तान्तरण गरिएको छ । असहाय तथा जेल जीवन बिताइ रहेका अभिभावकका बालबालिकाहरुलाई लालनपालन र शिक्षा प्रदान गर्दै आएको बन्दी सहायता नेपालले संचालन गरेको मनमाया आमा बालगृह अर्जुनधारा ११ का १४ जना बालबालिकाहरुलाइ दसैं कपडा र खाद्यान्न प्रदान गरिएको […]

थप पढ्नुहोस

बलात्कार र महिला हिंसाविरुद्ध झापामा शुरु भयो आत्मरक्षा तालिम

बिर्तामोड / बढ्दो बलात्कार र हिंसाबाट बच्न बालिका, किशोरी र युवतीले कसरी आत्मरक्षा गर्ने ? यसबारे ज्ञान र सीप सिकाउन आज शुक्रबारबाट झापाको बिर्तामोडमा बालिका, किशोरी र युवतीलाई आत्मरक्षा बारे तालिम दिन थालिएको छ । वीरता जेसीज, लेट्स रन नेपाल र सितोरियो कराँते–डो झापाको संयुक्त आयोजनामा पहिलो चरणमा आत्मरक्षा बारे दुई दिने तालिम बिर्तामोडको अतिथि सदनमा […]

थप पढ्नुहोस