स्थानीय तहमा हस्तान्तरण हुँदै झापाका सहकारी

गोपाल काफ्ले- झापा / डिभिजन सहकारी कार्यालय भद्रपुरले झापामा क्रियाशील ५५२ वटा प्रारम्भिक सहकारी संस्थाहरुका अभिलेख जिल्लाका १५ वटा स्थानीय तहलाई आज हस्तान्तरण गरेको छ । जिल्ला समन्वय समिति भद्रपुरको सभाकक्षमा आयोजित सहकारी अभिमुखीकरणसहितको कार्यक्रममार्फत् गाउँपालिका तथा नगरपालिकालाई सहकारी संस्थाको अभिलेख हस्तान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी, सहकारी विभागका उपसचिवसहितको सहभागितामा आयोजित कार्यक्रममार्फत् जिल्ला […]

थप पढ्नुहोस

बाढी प्रभावित क्षेत्रमा कारितास र अभियान नेपालको ‘प्लान्ट क्लिनिक क्याम्प’

मदरगाछ झापा /  झापाको पश्चिम दक्षिणी क्षेत्र झापा गाँउपालिका ७ मदरगाछमा एकदिने बालि उपचार शिविर कार्यक्रम (प्लान्ट क्लिनिक क्याम्प) सम्पन्न भएको छ । कारितास नेपाल र अभियान नेपालको संयुक्त आयोजनामा बिहीबार पहिलो पटक बाढी प्रभावित क्षेत्रमा ‘प्लान्ट क्लिनिक क्याम्प’ गरिएको हो । शव्जी खेतीमा लाग्ने रोग किराको बारेमा साना तथा मझौला कृषकलाई जानकारी गराउने उद्देश्यले […]

थप पढ्नुहोस

उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार पत्रकार सिग्देललाई उत्कृष्ट सञ्चार संस्थाको रुपमा सूर्योदय टेलिभजन पुरस्कृत

बिर्तामोड / यस वर्षको उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार बिर्ताज्योति साप्ताहिकका सम्पादक तीर्थ सिग्देललाई प्रदान गरिएको छ । पुरस्कारको राशी ५ हजार पाँचसय ५५ रुपैयाँ र सम्मान पत्र रहेको छ । पुरस्कृत पत्रकार सिग्देल अढाई दशकदेखि झापामा रहेर सक्रिय पत्रकारिता साथै लेखन क्षेत्रमा अग्रणी भूमिका खेल्दै आइरहेका छन् । त्यसैगरी उत्कृष्ट सञ्चार संस्थाको पुरस्कार बिर्तामोडमा सञ्चालित […]

थप पढ्नुहोस

गाइले दई टाउका भएको अनौठो बाच्छी जन्माएपछि हेर्नेको भिड

बेलबारी / गाइले दुइवटा टाउको र ४ वटा आँखा भएको बाच्छी जन्माएपछि मोरङको बेलबारीमा बाच्छी हेर्नेको भिड लाग्ने गरेको छ । मोरङको बेलबारी ८ का ओमप्रसाद अधिकारीको घरमा पालेको गाइले २ साताअघि दुईवटा टाउको ४ वटा आँखा भएको बाच्छी जन्माएको थियो । अधिकारी परिवारले अधिँयामा पाल्दै आएको गाइले यस्तो बाच्छी जन्माएपछि उनीहरु छक्क परेका छन् […]

थप पढ्नुहोस

पत्रकार उपचार कोषलाई सहारा नेपालको थप २ लाख

बिर्तामोड / नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित ‘पत्रकार–सहारा उपचार कोष’ का लागि सहारा नेपाल साकोसले थप दुई लाख रुपैयाँ प्रदान गर्ने भएको छ । बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसले आफ्नो २२औं स्थापना दिवसको अवसरमा पत्रकारहरुको उपचारका लागि स्थापित कोषमा थप सहयोग गर्ने घोषणा गरेको हो । एक वर्षअघि सहारा नेपालले कोष […]

थप पढ्नुहोस

बाटो मर्मतपछि पुल बन्लाकी भन्ने आशामा ! झापा गाँउपालिका टप्पुका स्थानीयबासी

गोपिन पोखरेल– सिमलबाडी झापा / कन्काइ नदीमा आएको बाढीले बाटो बगाउँदा बारी पारी गर्नबाट बन्चित झापा गाँउपालिका स्थित टप्प्पुका बासिन्दा कारितास इन्टरनेसनालिस र कारितास नेपालको साझेदारीमा अभियान नेपाल र गाँउपालिकाको सहयोगमा बाटो निर्माण भएपछि खुसी भएका छन् । झापा गाँउपालिकाको ५ लाख र ‘नेपाल बाढी प्रतिकार्य तथा शीघ्र पुर्नलाभ परियोजना’ अन्तर्गत कारितास इन्टरनेसनालिस , कारितास नेपाल […]

थप पढ्नुहोस

श्वेतपत्रले सेयर बजारको समस्या देख्यो, समाधान नि देला ?

काठमाडौं / श्वेतपत्रको अपेक्षामा रहेका लगानीकर्ताहरुले बजारको समस्याको समाधान नपाएपनि सरकारले समस्या पहिचान गरेको भन्दै सन्तोष मानेका छन् । ‘बजारको समस्याको सरकारले गरेको देखिन्छ, अब विज्ञहरु नै हुनुहुन्छ समाधान पनि खोज्नु होला नि,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भए । श्वेतपत्रले पनि बजारका साना लगानीकर्ताहरुमा जानकारी अभाव, सेयरको बढ्दो आपूर्ति र ब्याजदर वृद्धिलाई नै […]

थप पढ्नुहोस

असार मसान्त भित्र सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुग्ने

काठमाडौँ / आगामी तीन महिनाभित्र सबै स्थानीय तहमा वाणिज्य बैंक पुग्ने भएका छन् । बैंक नपुगेका ३ सय ५९ स्थानीय तहमा तोकिएको समयभित्र शाखा स्थापना गर्न राष्ट्र बैंकले निर्देशन दिएपछि आउँदो असारसम्म सबै स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्ने भएको हो । सबै स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंक पुर्‍याउने सरकारको लक्ष्यअनुसार शाखा स्थापनाका लागि बैंकहरुलाई राष्ट्र […]

थप पढ्नुहोस

‘सरकारी ढुकुटी रित्तो छ’ : अर्थमन्त्री खतिवडा

काठमाडौँ / अर्थमन्त्री युवराज खतिवडाले बजेट अनुशासन उल्लंघन भएको कारण मुलुकको सरकारी ढुकुटी रित्तो अवस्थामा रहेको बताएका छन् । अर्थ मन्त्रालयले स्वेत पत्र जारी गर्नु पूर्व संसदलाई देशको वर्तमान आर्थिक अवस्था बारे जानकारी दिँदै अर्थमन्त्री खतिवडाले सो कुरा बताएका हुन्। ‘स्थापित प्रणाली र मान्यता विपरीत कर छुट दिइएको छ। बिना योजना, आधार र स्रोत आयोजना कार्यान्वयनको […]

थप पढ्नुहोस