साना किसान कृषि सहकारीको नाफा २२ लाख

गंगा बराल– भद्रपुर / झापाको भद्रपुर–४ मा रहेको साना किसान कृषि सहकारी संस्थाले २२ लाख रुपैयाँ भन्दा बढी नाफा गर्न सफल भएको छ । संस्थाको बुधबार सम्पन्न १४ औं वार्षिक साधारणसभाको अवसरमा आ.व ०७४/०७५ मा २२ लाख २० हजार ५९५ रुपैयाँ नाफा गर्न सफल भएको जानकारी दिइयो । साविक महेशपुर १ लक्ष्मीनगरमा आयोजित साधारणसभाको उद्घाटन […]

थप पढ्नुहोस

भद्रपुरका महिलालाई तरकारीखेती तालिम

गंगा बराल- भद्रपुर / झापाको भद्रपुर नगरपालिका, वडा नं ७ का महिलालाई बेमौसमी तरकारी खेतीसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । नगरपालिकाको कृषि विकास शाखाको आयोजना र ७ नं वडा महिला सञ्जालको संयोजनमा वडाका ५० जनाभन्दा बढी महिलालाई बेमौसमीलगायत प्रांगारिक खेतीसम्बन्धी प्रशिक्षण दिइएको थियो । वडा नं १० को सभाहलमा आयोजना गरिएको एकदिवसीय सो तालिमको उद्घाटन […]

थप पढ्नुहोस

महिला उद्यमी संघ अध्यक्षमा गोमा भट्टराई

विर्तामोड / नेपाल महिला उद्यमी संघ झापाको नयाँ नेतृत्व चयन भएको छ । संघको आइतवार पर्यटकीय क्षेत्र दोमुखामा सम्पन्न साधारणसभाले गोमा भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । संघको उपाध्यक्षमा शुष्मा भण्डारी, सचिवमा नैनकला भट्टराई, सहसचिवमा शर्मिला अधिकारी र कोषाध्यक्षमा यशोदा चापागाँईलाई चयन गरेको छ । समितिका सदस्यहरुमा गीता भण्डारी, कल्पना दाहाल, रजनी बजगाँई […]

थप पढ्नुहोस

पशुपालन तथा दुध उत्पादक संघ झापा अध्यक्षमा पुनः सिटौला

केशवराज भण्डारी झापा / पशुपालन तथा दध उत्पादक संघ झापाको अध्यक्षमा पुनः लक्ष्मिप्रसाद सिटौला (एलपी) निर्विरोध निर्वाचित भएका छन् । संघको सम्पन्न प्रथम वार्षिक साधारणसभा तथा अधिवेसनले पुनः सिटौलालाई अध्यक्षमा दोहोर्याएको हो । ब्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तवहादुर विष्टको प्रमुख आतिथ्यमा सम्पन्न अभिवेशनमा मेचिनगर नगरपालिका मेयर विमल आचार्य, पशु तथा मत्श्य विकास निर्देशनालय […]

थप पढ्नुहोस

कर्णालीको १५ औं सेवा केन्द्र धुलाबारीमा

धुलाबारी / कर्णाली बचत तथा ऋण सहकारी संस्थाको १५ औं सेवा केन्द्र शनिबादेखि धुलाबारीमा सञ्चालनमा आएको छ । सेवा केन्द्रको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले उद्घाटन गरेका छन् । कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख आचार्यले सहकारीको सङ्ख्या बढेसंगै सम्भावित अस्वस्थ प्रतिस्पर्धाले चुनौति थपिन सक्नेप्रति चिन्ता प्रकट गरेका थिए । सहकारीलाई जीवनको एक […]

थप पढ्नुहोस

सैनिक बजारमा लाग्ने भयो सैनिक महोत्सव

बिर्तामोड / ओझेलमा परेको झापाको पुरानो सैनिक बजारको इतिहासलाई उजागर गर्न सैनिक महोत्सव गरिने भएको छ । बिर्तामोड नगरपालिका-१०, नं वडा कार्यालयको आयोजनामा आगामी फागुनको पहिलो साता सो महोत्सव गरिने भएको हो । आज बसेको सर्बदलीय छलफलले महोत्सव गर्ने निर्णय गर्दै २१ सदस्यीय मूल आयोजक समिति गठन गरेको हो । वडाध्यक्ष दुर्योधन गुरुङको संयोजकत्वमा गठित […]

थप पढ्नुहोस

आइफोन उत्पादक कम्पनी एप्पललाई एकै दिनमा ७५ अर्ब डलरको नोक्सानी

एजेन्सी /आइफोन उत्पादक कम्पनी एप्पलले एकै दिनमा ७५ अर्ब डलरको नोक्सानी व्यहोरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । वाल स्ट्रिटमा एप्पलको शेयर मुल्य १० प्रतिशतले गिरावट आउदा एप्पलले सो नोक्सानी व्यहोरेको बताइएको छ । एप्पलका प्रमुख कार्यकारी टीम कुकले कम्पनीको आम्दानी कम हुने बताएसँगै त्यसको प्रभाव स्ट्रिटवालमा परेको बताइएको छ ।

थप पढ्नुहोस

प्रदेश नं ३ मा चक्लाबन्दी खेती प्रणाली शुरु

सिन्धुली / प्रदेश नम्बर ३ सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चक्लाबन्दी सामुहिक खेती प्रणालिको शुरु गरेको छ । ३ नं प्रदेश सरकारले चक्लाबन्दी सामुहिक खेती प्रणालिको शुरुवात गरेको छ । प्रदेशको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले शनिबारदेखि सो प्रणालीको सुरुवात गरेको हो । सिन्धुलीको दुधौली नगरपालिका,२ भलुवाहीमा एक कार्यक्रमका वीच प्रदेश नम्बर […]

थप पढ्नुहोस

बन्नेभो भेलागडीमा लोकतान्त्रिक शहिद स्मृती पार्क

हल्दिबारी / भेलागडी जंगलमा लोकतान्त्रिक शहिद स्मृती पार्क निर्माण हुने भएको छ । हल्दिबारी गाँउपालिका र वनका प्रतिनिधिबिच भेलागडी सामुदायिक वनमा लोकतान्त्रिक शहिद स्मृती पार्क निर्माण गर्ने सहमतिपत्र (एमओयू) मा शुक्रबार हस्ताक्षर भएको छ । गाँउपालिका र भेलागडी सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधिबिच पार्क निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो । भेलागडी जंगल हल्दिबारी गाँउपालिका […]

थप पढ्नुहोस