आइफोन उत्पादक कम्पनी एप्पललाई एकै दिनमा ७५ अर्ब डलरको नोक्सानी

एजेन्सी /आइफोन उत्पादक कम्पनी एप्पलले एकै दिनमा ७५ अर्ब डलरको नोक्सानी व्यहोरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । वाल स्ट्रिटमा एप्पलको शेयर मुल्य १० प्रतिशतले गिरावट आउदा एप्पलले सो नोक्सानी व्यहोरेको बताइएको छ । एप्पलका प्रमुख कार्यकारी टीम कुकले कम्पनीको आम्दानी कम हुने बताएसँगै त्यसको प्रभाव स्ट्रिटवालमा परेको बताइएको छ ।

थप पढ्नुहोस

प्रदेश नं ३ मा चक्लाबन्दी खेती प्रणाली शुरु

सिन्धुली / प्रदेश नम्बर ३ सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चक्लाबन्दी सामुहिक खेती प्रणालिको शुरु गरेको छ । ३ नं प्रदेश सरकारले चक्लाबन्दी सामुहिक खेती प्रणालिको शुरुवात गरेको छ । प्रदेशको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले शनिबारदेखि सो प्रणालीको सुरुवात गरेको हो । सिन्धुलीको दुधौली नगरपालिका,२ भलुवाहीमा एक कार्यक्रमका वीच प्रदेश नम्बर […]

थप पढ्नुहोस

बन्नेभो भेलागडीमा लोकतान्त्रिक शहिद स्मृती पार्क

हल्दिबारी / भेलागडी जंगलमा लोकतान्त्रिक शहिद स्मृती पार्क निर्माण हुने भएको छ । हल्दिबारी गाँउपालिका र वनका प्रतिनिधिबिच भेलागडी सामुदायिक वनमा लोकतान्त्रिक शहिद स्मृती पार्क निर्माण गर्ने सहमतिपत्र (एमओयू) मा शुक्रबार हस्ताक्षर भएको छ । गाँउपालिका र भेलागडी सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधिबिच पार्क निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो । भेलागडी जंगल हल्दिबारी गाँउपालिका […]

थप पढ्नुहोस

झापाको कन्काइ नपामा जिल्लामै पहिलो काँटी उद्योग सञ्चालनमा

रासस – बनियानी / झापाको कनकाई नगरपालिका–१ स्थित जामुनबारीमा जिल्लामै पहिलो काँटी उद्योग स्थापना भएको छ । कनकाई–२ का ३७ वर्षीय दीपक चापागाईंले रु ७० लाखको लागतमा ‘डायमण्ड स्टील उद्योग’ स्थापना गरी काँटी उत्पादन शुरु गरेका हुन् । दक्षिण कोरियामा आधा दशक परिश्रम गरेर फर्किएका झापाका चापागाईंले स्वदेशमै उद्योग फष्टाउने सम्भावना देखेर यो प्रयास गरिएकोे […]

थप पढ्नुहोस

कृषि क्षेत्रलाई रोजगारमुखी बनाउन मुख्य चुनौती : राष्ट्रपति भण्डारी

गौरादह / राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रलाई रोजगारमुखी तथा व्यवसायिक उद्योगका रुपमा विकास गर्न देशको मुख्य चुनौती भएको औल्याएकी छिन् । देशको ठुलो हिस्सा मानिएको कृषि क्षेत्र अझै निर्वाहमुखी रहनु दुखद भएको बताउदै राष्ट्रपति भण्डारीले कृषि क्षेत्रलाई आधुनिकरण गरेर व्यवसायिकरण गर्न ध्यान दिनुपर्ने औल्याइन् । बुधबार झापाको गौरादह नगरपालिका ५ स्थित महारानीझोडा साना किसान कृषि […]

थप पढ्नुहोस

दमकलाई पोल्ट्रिको नगरी वनाउने उद्योगीको चासो

बिष्णु सुब्बा- दमक /  दमकलाई पोल्ट्रि उद्योगको संभावना भएको नगरीका रुपमा अघि सारिएको छ । देशकै ठुलो मानिएको चितवनको पोल्ट्रि उद्योगपछि दमकलाई पनि त्यही स्तरमा विकास गर्न पोल्ट्रि उद्योगीहरुले चासो देखाएका हुन् । अण्डा उत्पादक व्यवसायी संघ प्रदेश समितिका संयोजक समेत रहेका व्यवसायी माधव पराजुलीले दमकलाई पोल्ट्रि उद्योग नगरीका रुपमा विस्तार गर्न यहाँका व्यवसायीहरु जुटेका […]

थप पढ्नुहोस

‘सोफा इम्पेरीयम प्रिमियम’ फर्निचर सोरुमको भोली (मंगलबार) भव्य उद्घाटन

विर्तामोड / विर्तामोडको भद्रपुररोडमा सञ्चालित ‘सोफा इम्पेरीयम प्रिमियम’ फर्निचर सोरुमको भोली मंगलबार भव्य शुभारम्भ हुदैछ । फर्निचर सोरुमको विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी र विर्तामोडका व्यवसायी एवम् राप्रपाका केन्द्रिय सदस्य राजकुमार पोखरेलले संयुक्त रुपमा रिबिन काटेर उद्घाटन गर्नेछन् । जनवरी १ तारिक अंग्रजी महिनाको नयाँवर्षको अवसर पारेर सोरुमको उद्घाटन गर्न लागिएको सञ्चालक प्रनिल धिमालले जानकारी […]

थप पढ्नुहोस

झापाका महिला कैदी बन्दीलाई ब्याग र चप्पल बनाउने तालिम

विर्तामोड / कैदी बन्दी जीवन विताइरहेका महिलाहरुलाई कैद भुक्तान गरेर समाजमा फर्किदा जीवन जिउन सजिलो होस भन्ने उद्देश्यले महिला बन्दी गृह झापामा ब्याग तथा चप्पल बनाउने तालिम शुरु गरिएको छ । कारागार कार्यालय भद्रपुरको संयोजन तथा झापाका विभिन्न स्थानीय तहको सहयोगमा एविसी नेपालद्वारा आयोजित तालिमको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उद्घाटन गरेका थिए । […]

थप पढ्नुहोस

होटल व्यवसायी संघ माइपश्चिम अध्यक्षमा राजन दंगाल

झापा / होटल व्यवसायी संघ माइपश्चिम क्षेत्रीय समितिको अध्यक्षमा पुनः राजन दंगाल निर्वाचित भएका छन् । संघले आइतबार इलामको चुलाचुलीस्थित चपेटी बनभोजसहितको १२ औ साधारणसभा गरि संघको नेतृत्व चयन गरेको हो । निर्वाचन समितिका संयोजक ज्ञानबहादुर कार्की ( हरि ) का अनुसार संघको वरिष्ठ उपाध्यक्षमा सुधिर प्रधान, उपाध्यक्षमा कुमार प्रसाद गौतम, महासचिवमा मदन ढकाल,सचिवमा योगराज दंगाल […]

थप पढ्नुहोस