काठमाडौं / सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । सरकारले आइतबार रामनवमीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको सरकारले जनाएको छ।
Featured posts
विर्तामोड / खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति बिषयक दुई दिवसिय प्रशिक्षण शनिवार झापाको कनकाई १ दुर्गापुरमा शुरु भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र कनकाई नगरपालिकाको सहयोगमा सञ्चालित प्रशिक्षणमा जिल्लका ४९ जना सञ्चारकर्मीको सहभागिता रहेको छ । कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रशिक्षणको उद्घाटन गरेका थिए । नेपाल पत्रकार […]
झापा / ६५ औं राष्ट्रिय सहकारी दिवस झापामा भव्यताका साथ मनाउने तयारी गरिएको छ । झापा जिल्ला सहकारी संघ लिको आयोजनामा सहकारी दिवसलाई “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने मूल नाराका साथ चैत २० गते सहकारी दिवस मनाउन लागिएको हो । झापा जिल्ला संघले सहकारी दिवसलाई भव्य बनाउन “झापा कोअपरेटिभ समिट २०७८” को आयोजना गर्ने […]
बिर्तामोड / झापाको बिर्तामोडमा ‘अ डे विथ सन्दिप क्षेत्री’ नामक एकदिवसीय कार्यक्रम हुने भएको छ । स्काई क्रिएटर्स इन्टरटेन्मेन्ट प्रालि र भिप्रा एड्भरटाइजिङ एण्ड मिडिया प्रालिको संयुक्त आयोजनामा यहि चैत २६ गते कलाकार सन्दिप क्षेत्रीको उपस्थितिमा लिडरसिप, मोटिभेसन र इन्टरटेन्मेन्ट कार्यक्रम हुन लागेको हो । कार्यक्रममा चर्चित हाँस्य कलाकार, अभिनेता तथा कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्रीले […]
काठमाण्डौं / प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध फागुन १ गते दर्ता भएको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाको बैठकमा छलफलका लागि प्रस्तुत भएको छ । आइतबारको बैठकमा नेकपा माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले उक्त प्रस्ताव छलफलका लागि पेश गरेका हुन् । यसअघि २२ फागुनमा बसेको प्रतिनिधिसभाको बैठकले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेको थियो । राणाविरूद्ध लगाइएको महाअभियोग छानबिनका […]
बिर्तामोड / नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) सम्बद्ध अनेरास्ववियूको झापा जिल्ला कमिटी गठन भएको छ। जसको अध्यक्षमा हरिप्रसाद भट्टराई, उपाध्यक्षमा बिनम सरदार, सचिवमा युनिस थापा, सहसचिवहरुमा अनुसा अर्याल, रबिन अधिकारी, नवीन ताजपुरिया, कोसाध्यक्षमा प्रबिन सिटौला रहेका छन् । सहित ५१ सदस्य रहेको अनेस्वबियु झापा जिल्ला कमिटीको घोषणा अनेरास्वबियुका केन्द्रिय उपमहासचिव मिलन राईले गरेका थिए । सो भेलालाई केन्द्रीय विद्यार्थी […]
बिर्तामोड / झापाको बिर्तामोडमा युरोपको चर्चित अटोमोबाइल्स ब्रान्ड स्कोडाको आधिकारिक सोरुम खुलेको छ । नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले बिर्तामोडमा बुधबारदेखि स्कोडा कारको बिक्री वितरण सुरु गरेको हो । हलेसी अटोमोवाइल्स अन्तर्गत स्कोडा सो रुमको बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाई र कम्पनीका देवासीस मित्राले विधिवत रुपमा उद्घाटन गरेका थिए । अत्याधुनिक प्रविधि सम्पन्न […]
झापा / अन्तत: राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्ष पदमा झापा हल्दिबारीका राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । लिङ्देनको विजयले झापाले फेरी अर्को लोकप्रिय र विकासप्रेमी नयाँ नेतृत्व जन्माएको छ । लामो समयदेखि राप्रपाको राजनीतिमा रहेका लिङ्देनले पार्टीमा नेतृत्व परिवर्तनको मुद्दालाई दरिलो गरि उठाउँदै आएका थिए । राप्रपाको अध्यक्ष पदमा विजयी नेपाली राजनीतिको शिर्ष स्थानमा पुग्न […]
काठमाडौं / राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । नेता धवलशम्शेर राणाको समर्थन पाउने टुंगो लागेपछि लिङ्देनले बिहीबार अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका हुन् । राप्रपामा नयाँ पुस्ताबाट राणा र लिङ्देनमध्ये एक जनाले अध्यक्षमा उठ्ने तयारी गरेका थिए । त्यसबीच राणा र लिङ्देनबीच भएको छलफलबाट लिङ्देनलाई राणाले सहयोग गर्ने टुंगो लागेको […]
बिर्तामोड / नेकपा एमालेको वडा अधिवेशन अन्तर्गत बिर्तामोड नगरपालिकाका सम्पूर्ण वडाहरुमा सर्वसम्मत वडा कमिटी चयन भएको छ । पार्टीको दशौ महाधिवेशन अन्तर्गत आज भएको वडाअधिवेशनबाट २ वर्षे कार्यकालका लागि ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको हो । बिर्तामोड नगरपालिका वडा नं. १ को अध्यक्षमा डिल्लीमाया आचार्य सर्वसम्मत चयन भएकी छिन् । त्यस्तै वडा नं. […]