• October 22, 2020

Category : स्वास्थ्य 

स्वास्थ्य 

बिर्तामोडमा कोभिड–१९ अस्पताल सञ्चालनमा

बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकामा आजबाट कोभिड अस्पताल सञ्चालन भएको छ । नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले आज बिहान कोभिड–१९ अस्पतालको उद्घाटन गरेका हुन् । सरकारले स्थानीय तहले न्युनतम ५ देखि १५ वेड सम्मको आइसोलेसन अस्पताल सञ्चालन गर्न निर्देशन दिएको थियो । सरकारको निर्देशन पालना गर्दै बिर्तामोड नगरपालिकाले ५ वेडको आइसोलेसन सहितको अस्पताल सञ्चालनमा ल्याएको नगरस्तरीय […]

स्वास्थ्य 

हल्दिबारीका स्वास्थ्य प्रमुखलाई कोरोना संक्रमण

झापा / हल्दिबारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीसँगै अर्का एक महिला स्वास्थकर्मी पनि आज कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण देखिएपछि स्वास्थ्य शाखा प्रमुख निरौला होम आइसोलेसनमा बसेका छन् भने सहकर्मी महिला स्वास्थकर्मी समेत होम आइसोलेसनमा बसेको बताइएको छ । हल्दिवारी गाउँपालिकामा स्वास्थ्यकर्मीमा पहिलो पटक कोरोना […]

प्रमुख समाचार

लुम्बिनी प्रदेश सरकारले कोरोनाका बिरामीको उपचार निःशुल्क गर्ने

रुपन्देही / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, अति विपन्न तथा अशक्त बाहेकका कोरोना संक्रमितको उपचार सरकारले नगर्ने निर्णय गरेर आलोचित भइरहेका बेला लुम्बिनी प्रदेश सरकारले कोरोनाका बिरामीको उपचार निःशुल्क गर्ने बताएको छ । लक्षण देखिएका र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थाका कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क नै गर्ने प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले फेसबुक मार्फत जनाएका छन् […]

प्रमुख समाचार

अस्पतालमा बेड नपाएर कोरोना संक्रमितको मृत्यु

बुटवल / बुटवलमा एक कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा बेड नपाएर मृत्यु भएको छ । गम्भीर अवस्थामा अस्पताल पु¥याइएका एक पुरुषको बेड नपाउँदा उपचार अभावमा मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ती पुरुषलाई शनिबार प्रादेशिक अस्पताल र कोभिड विशेष अस्पताल लगिएको थियो । तर दुवै अस्पतालमा बेड नपाएपछि उनको मृत्यु भएको […]

Featured

जिल्ला समन्वय प्रमुख पोर्तेल कोरोना मुक्त

झापा / जिल्ला समन्वय समिति झापाका सभापति सोमनाथ पोर्तेल कोरोना संक्रमण मुक्त भएका छन् । पोर्तेलको शनिबार गरिएको देस्रो परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोना मुक्त भएका हुन् । गत असोज २१ गते उनमा कोरोना संक्रमण देखिएको थियो । उनी १२ दिन आइसोलेसनमा बसेका थिए ।

स्वास्थ्य 

कोरोनाबारे सचेतना फैलाउँदै शसस्त्र प्रहरी

भैरहवा / सीमा सुरक्षा गरि रहेको शसस्त्र प्रहरीले सीमा क्षेत्रमा रहेका स्थानियलाई कोरोना भाइरसबाट जोगिने जानकारी मुलक सचेतना फैलाउने अभियान सुरु गरेको छ । बिशेष गरि रुपन्देहीका सीमा क्षेत्रका बासीन्दालाई लक्षित गरि कोभिड–१९ बाट कसरी सुरक्षित हुन सकिन्छ भन्ने बिषयमा केन्द्रित रहि शसस्त्र प्रहरीले अभियान थालेको छ । शसस्त्र प्रहरी बल नेपाल, नम्बर २७ गण […]

प्रमुख समाचार

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु , मृतकको संख्या ६००

झापा / कोरोना संक्रमणबाट गत २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट देशभर १० जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ । मृतकमा १ जना महिला र ९ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।कोरोना संक्रमणबाट […]

स्वास्थ्य 

कोभिड अस्पताल धरानमा उपचाररत चार कोरोना संक्रमितको मृत्यु

झापा / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीका तीन र झापाका एक पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । झापाको दमक नगरपालिका–१ का ५२ वर्षीय संक्रमितको बिहीबार मृत्यु भएको हो । असोज १८ गते कोभिड अस्पताल भर्ना भएका दमकका संक्रमितको बिहीबार बिहान मृत्यु […]

प्रमुख समाचार

कोरोना संक्रमित हालसम्मकै उच्च, संक्रमितको संख्या ९४ हजार २५३ पुग्यो

झापा / पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा १२६१ महिला र २१७८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना […]

प्रमुख समाचार

कोरोना भाइरस संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४९८ पुग्यो

झापा / नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४ सय ९८ पुगेको हो । मृत्यु हुनेमा काठमाडौंमा २ महिला र १ पुरुष, सुनसरी, मोरङ, सप्तरी र रुपन्देहीमा १र१ पुरुष छन् ।संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशत […]