वायु प्रदुषणका कारण ‘विर्तामोड’ बस्न अयोग्य

गोपिन पोखरेल- विर्तामोड / हामी बस्ने शहरको वायु स्वच्छ वा प्रदुषित कस्तो छ भनेर हामीले कहिल्यै सोचेका छौं ? विशेष गरी शहरी क्षेत्रमा हामीले स्वास प्रस्वास गर्ने वायुको अवस्था के छ भनेर दुई मिनेट घोत्लिएर सोचेका छौं ? हामीलाई सोच्ने फुर्सदै छैन । फुर्सद भए पनि हामी त्यस्ता विषयलाई महत्व नै दिंदैनौ । प्रदुषण नियन्त्रणका […]

थप पढ्नुहोस

शारीरिक सुगठनमा उत्कृष्ट खेलाडीलाई सम्मान

 विर्तामोड / प्रथम दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट बनेका खेलाडीलाई सम्मान गरिएको छ । झापाको विर्तामोडस्थित रेड मग क्याफेमा आयोजित एक कार्यक्रमकाबीच झापाका विभिन्न संघ संस्थाहरुले उनीहरुलाई सम्मान गरेका हुन् । धाइजन–चारआली फुटबल भेट्रान क्लवको संयोजनमा भएको कार्यक्रममा नेपालको तर्फबाट उत्कृष्ट हुने तीन खेलाडी ललित धिमाल, राम दाहाल र उमेश राई […]

थप पढ्नुहोस

दमकमा अर्नोल्ड फिटनेश सेन्टर

दमक  / युवायुवतीहरुमा जिमसेन्टरको मोह भईरहेको वेला दमकमा महिनादिन भित्रमा सुविधा सम्पन्न फिटनेट सेन्टर सञ्चालनमा आउने भएको छ । दमकका पूराना बडिविल्डर कुमार ढकालले रु १ करोड ५० लाख बढीको लगानीमा सुविधासम्पन्न फिटनेट सेन्टर सञ्चालनमा ल्याउन लागेका हुन् । युवायुवती तथा प्रौढ उमेर समूहलाई लक्षित गरेर उनले दमक– ९ स्थित कन्काई पार्टी प्यालेश अगाडी अर्नोल्ड […]

थप पढ्नुहोस

दिव्यज्योति आँखा अस्पतालको इजाजत रद्द

मेचीनगर /  अस्पताल सञ्चालनका लागि भवन असुरक्षित भएपछि झापा मेचीनगर–७ स्थित मेची दिव्यज्योति आँखा अस्पताल सञ्चालनका लागि दिइएको इजाजत सरकारले रद्द गरेको छ । मेचीनगर–७ इटाभट्टामा रहेको मेची दिव्यज्योति आँखा अस्पताल सञ्चालन भएको भवन स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० को प्रावधानअनुरुप नभएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त अस्पतालको इजाजत रद्द […]

थप पढ्नुहोस

दुवै मृगौला पीडित १५ वर्षीय बालक भन्छन् ‘तपाईंको सहयोगले म बाँच्न सक्छु’ मलाइ बचाउनुहोस् 

अनिल वाग्ले-  झापा / मानिसका जीवनमा समस्याहरु बग्रेल्ती आउँछन् र छन् पनि । समस्या समाधान गर्दै जानु नै मानव जीवन हुनुको एउटा सत्यता हो । समस्या सबैलाई हुन्छ तर सबैका समस्या फरक–फरक हुन्छन् । फरक–फरक समस्या भएपनि समस्याको एउटै सार हुन्छ त्यो हो ‘पीडा’ । कसैका समस्या स्वयम्को कठोर मेहनतले हल हुन सक्छ, कसैको समस्या […]

थप पढ्नुहोस

मेचीनगर खुल्ला दिशामुक्त नगर घोषणा

लक्ष्मी उप्रेती काँकरभिट्टा / जनसंख्या तथा भौगोलिक दृष्टिकोणले अन्य स्थानीय तहभन्दा ठूलो मानिएको झापाको मेचीनगर नगरपालिका विहिबारदेखि खुल्ला दिसामुक्त नगर घोषणा भएको छ । मेचीनगर नगरपालिकाले ६ नम्वर वडा कार्यालय परिसरमा आयोजना गरेको खुल्ला दिशामुक्त घोषणा सभामा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले मेचीनगरलाई खुल्ला दिशामुक्त नगर घोषणा गरेका थिए । खुल्ला दिसामुक्त नगर […]

थप पढ्नुहोस

वीरता लेडी जेसीजको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

विर्तामोड / वीरता लेडी जेसीजको आयोजना र कालीस्थान बहुद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिका–९ स्थित कालीस्थान माविमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा पाँचसय बढीले सेवा लिएका छन् । शिविरमा विर्तामोडस्थित कञ्चनजंघा अस्पतालका मुटुरोग विशेषज्ञ डा. सि.पी. यादव, मेची डेन्टल केयर सेन्टरका दन्तरोग विशेषज्ञ, समृद्धि कार्की, स्त्री तथा प्रसूती […]

थप पढ्नुहोस

मारवाडी महिला मञ्चको अगुवाइमा स्वास्थ्य शिविर

भद्रपुर / दशैंमा भद्रपुरमा ‘दशैं मिनी बजार’ लगाएर सामाजिक रुपमा प्रशंसा बटुलेको भद्रपुर मारवाडी महिला मञ्चले शनिबार भद्रपुरमै मानवीय सेवामूलक कार्य गरेको छ । मञ्चले भद्रपुर–६ स्थित सिटी गार्डन परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर उपचारमा खर्च गर्न नसक्ने बिरामीलाई सेवा पुर्याएको छ । मञ्चले निःशुल्क रुपमा दन्त परीक्षण सेवा, प्याथोलोजी सेवा, निःशुल्क औषधि वितरणका साथै […]

थप पढ्नुहोस

डेंगु संक्रमण उच्च भएपछि मेचीनगरमा लामखुट्टे नियन्त्रण अभियान शुरु

मेचीनगर /  मेचीनगरका केही वडाहरुमा डेंगु संक्रमण दर उच्च भएपछि नगरपालिकासहित ती वडाहरुमा चेतना अभियान शुरु भएको छ । डेंगुबाट जोगिने उपाय, त्यसका लक्षण तथा उपचारबारे वृत्तचित्र देखाउने, रोग सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने, विषादी छिट्ने लगायतका काम शुरु गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार शाखाले […]

थप पढ्नुहोस