आइईई प्रतिवेदन बाहिर उत्खनन भए अनपाले कारबाही गर्ने

सागर गौतम- अर्जुनधारा /अर्जुनधारा नगरपालिकाको आयोजनामा बसेको सरोकरवालाहरुको नगरस्तरीय बैठकले प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनले निषेध गरेको स्थानमा अवैध रुपमा नदीजन्य सामाग्रीको उत्खनन गरेको पाइएमा अनुगमन समितिको सिफारिसमा कानुनी कार्वाही गर्ने जनाएको छ । नगरपालिकाको सभाकक्षमा बसेको सर्वपक्षीय सरोकारावाला बैठकमा जथाभावी हुने खोलाको उत्खननलाई रोक्न प्रतिवेदनले व्यवस्था गरेअनुसारको नदीजन्य सामाग्री ठेक्का सम्झौता भएको नगर प्रमुख […]

थप पढ्नुहोस

गोविन्द केशीले कुनै माटोमा टेक्दा सुन फल्दैन, सबै भ्रम हो : योगेश भट्टराई

विर्तामोड / डा. गोविन्द केशीले कुनै माटोमा टेक्दा सुन फल्छ भन्ने मान्छेमा भ्रम रहेको नेकपा नेता योगेश भट्टराइले बताएका छन् । ‘गोविन्द केशीले टेक्दैमा सुन फल्दैन’– नेता भट्टराइले आज विर्तामोडमा सञ्चारकर्मीसँग कुरा गर्दै भने ‘त्यहाँ केही फल्दैन मेहनत गर्नुपर्छ । यो कुरा विल्कुल भ्रम मात्र हो, केशीले जुन लिंडेढिपी गर्नुहुन्छ त्यो जायज छैन ।’ विद्येयकमा […]

थप पढ्नुहोस

भद्रपुर टी ट्वान्टी क्रिकेट : वडा नम्बर ५ सेमीफाइनलमा

भद्रपुर /  भद्रपुरमा जारी प्रथम वडास्तरीय टी ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा वडा नम्बर ५ प्रवेश गरेको छ । भद्रपुर माविको मैदानमा आयोजित सोमबार भएको खेलमा वडा नम्बर ४ लाई ८९ रनको फराकिलो अन्तरले पराजित गर्दै वडा नम्बर ५ सहजै सेमीफाइनलमा प्रवेश गरेको हो । वडा नम्बर ५ अब सेमीफाइनलमा वडा नम्बर ८ संग भिड्नेछ […]

थप पढ्नुहोस

झापामा हामी तीन ‘वीथ्री टीम’ गठन

विर्तामोड / झापाका दक्षिणी भेगका ३ गाँउपालिका मिलेर वीथ्री (हामी तीन) टीम गठन गर्ने निर्णय गरेका छन् । हल्दिबारी, कचनकवल र बाह्दशी गाँउपालिका मिलेर वीथ्री टीम गठन गर्ने निर्णय गरेको हल्दिबारी गाँउपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले जानकारी दिए । झापामा पहिलो पटक दक्षिणी भेगका तीन गाँउपालिकाका प्रमुखले मिलेर सहकार्य गर्ने निर्णय गरेका हुन । ‘वीथ्रीको अर्थ […]

थप पढ्नुहोस

‘सनराइज सिमेन्ट ढुक्क भएर लगाए हुन्छ, हामी क्वालिटीसँग कहिल्यै कम्प्रोमाइज गर्दैनौ’ : अमित पोद्धार

विर्तामोड / उच्चस्तरीय प्रविधिका साथ झापाको मेचीनगर नगरपालिका-७, ईटाभट्टामा सञ्चालित सनराइज सिमेन्ट प्रालिले विभिन्न ब्राण्डका उत्पादित सिमेन्ट बजारमा ल्याएको छ । हाल सनराइजले पीपीसी र ओपीसी गरी ६ ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आइरहेको छ । याक, पाण्डा, डबलहर्स, मातृभूमी, सुपरसेन्चुरी र थ्रीस्टार सनराइजद्धारा उत्पादित सिमेन्टमका नाम हुन् । सनराइजले उपभोक्ताको माग र बजारलाई ध्यान दिएर […]

थप पढ्नुहोस

पशुपालन तथा दुध उत्पादक संघ झापा अध्यक्षमा पुनः सिटौला

केशवराज भण्डारी झापा / पशुपालन तथा दध उत्पादक संघ झापाको अध्यक्षमा पुनः लक्ष्मिप्रसाद सिटौला (एलपी) निर्विरोध निर्वाचित भएका छन् । संघको सम्पन्न प्रथम वार्षिक साधारणसभा तथा अधिवेसनले पुनः सिटौलालाई अध्यक्षमा दोहोर्याएको हो । ब्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तवहादुर विष्टको प्रमुख आतिथ्यमा सम्पन्न अभिवेशनमा मेचिनगर नगरपालिका मेयर विमल आचार्य, पशु तथा मत्श्य विकास निर्देशनालय […]

थप पढ्नुहोस

खानेपानी भवन शिलान्यास

भद्रपुर / झापाको कचनकवल–५, पाठामारीमा खानेपानी आयोजनाको भवन शिलान्यास गरिएको छ । प्रदेश सभा सदस्य बसन्त बानियाले आज एक कार्यक्रममा बिच सो भवनको शिलान्यास गरेका हुन । पाठामारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा आयोजित भवन शिलान्यास कार्यक्रममा सांसद बानियाले जनताको स्वास्थ्य स्थिती मजबुत नभएसम्म समृद्धी र विकास सम्भव नहुने बताए । यसर्थ, प्रदेश सरकारले सो […]

थप पढ्नुहोस

झापाको कन्काइ नपामा जिल्लामै पहिलो काँटी उद्योग सञ्चालनमा

रासस – बनियानी / झापाको कनकाई नगरपालिका–१ स्थित जामुनबारीमा जिल्लामै पहिलो काँटी उद्योग स्थापना भएको छ । कनकाई–२ का ३७ वर्षीय दीपक चापागाईंले रु ७० लाखको लागतमा ‘डायमण्ड स्टील उद्योग’ स्थापना गरी काँटी उत्पादन शुरु गरेका हुन् । दक्षिण कोरियामा आधा दशक परिश्रम गरेर फर्किएका झापाका चापागाईंले स्वदेशमै उद्योग फष्टाउने सम्भावना देखेर यो प्रयास गरिएकोे […]

थप पढ्नुहोस

माइधारमा बोलेरो र मोटरसाइकल ठोक्किएर २ जनाको मृत्यु

माइधार / झापाको शिवसताक्षीमा मोटरसाइकल र बोलेरो ठोक्किदा दुई जनाको ज्यान गएको छ । शिवसताक्षी १० को माईधार सडक खण्डमा विहीबार भएको दुघटनामा मोटरसाइकलमा सवार ताप्लेजुङ थुरुम्बाका सविन लिम्बु र सञ्जिव लिम्बको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । पूर्वबाट पश्चिम आउँदै गरेको बा १३ च नम्बरको बोलेरो जिप र पश्चिमबाट […]

थप पढ्नुहोस