जन्मदिनको अवसरमा बजगाई दम्पतीले दिए पत्रकार उपचार कोषलाई २५ हजार 

बिर्तामोड /  नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोड–५ निवासी विपीन बजगाई र विनिता बजगाईले २५ हजार रुपैयाँ प्रदान गरेका छन् । विहीवार आयोजित एक कार्यक्रमकाबीच आफ्नो जन्मदिनको अवसर पारी विपीनले पत्रकारको हितका लागि उपचार कोषमा उक्त रकम प्रदान गरेका हुन् । बजगाई दम्पत्तिले पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् उपचार […]

थप पढ्नुहोस

अखिल नेपाल होमियोप्याथि एसोसिएसनको राष्ट्रिय सम्मेलन सम्पन्न

बिर्तामोड / विश्व होमियोप्याथि दिवसको अवसर पारेर अखिल नेपाल होमियोप्याथि एसोसिएसनको नवौँ राष्ट्रिय सम्मेलन झापाको बिर्तामोडमा सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमका बीच प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सम्मेलनको उद्घाटन गरे । सम्मेलनको उद्घाटन गर्दै मन्त्री कार्कीले संघीय सरकारले नगरे पनि प्रदेश सरकारले होमियोप्याथिका बारेमा कानुन निर्माण गर्न पहल […]

थप पढ्नुहोस

मिस एसईई प्रोविन्स वान पहिलो छनौटबाट १८ युवती छानिए (फोटो सहित)

विर्तामोड / एजुकेशन एण्ड माइग्रेसन कर्नर मिस एसईई प्रोविन्स वानको पहिलो छनौट कार्यक्रम बुधबार सम्पन्न भएको छ । बिर्तामोडको होटल फ्लोरिडामा सम्पन्न अडिसनबाट १८ प्रतियोगी छनौट भएका छन् । सहभागी २८ जनामध्येबाट १८ जना अघिल्लो चरणका लागि छनौट गरिएको आयोजक ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रा.लिका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिए । एजुकेशन एण्ड माइग्रेसन कर्नर […]

थप पढ्नुहोस

पत्रकार उपचार कोषलाई एक्सेल बैंकको एक लाख एक हजार

बिर्तामोड / झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको एक्सेल डेभलभमेन्ट बैंक लिमिटेडले नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि एक लाख एक हजार रुपैयाँ प्रदान गरेको छ । बैंकका अध्यक्ष हेमराज ढकालले आज शुक्रबार बैंकको विशेष साधारणसभा समारोहमा पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, महासंघ झापा शाखाका उपाध्यक्ष एवम् उपचारकोषका संयोजक एकराज गिरीलाई […]

थप पढ्नुहोस

स्थानीय तहमा हस्तान्तरण हुँदै झापाका सहकारी

गोपाल काफ्ले- झापा / डिभिजन सहकारी कार्यालय भद्रपुरले झापामा क्रियाशील ५५२ वटा प्रारम्भिक सहकारी संस्थाहरुका अभिलेख जिल्लाका १५ वटा स्थानीय तहलाई आज हस्तान्तरण गरेको छ । जिल्ला समन्वय समिति भद्रपुरको सभाकक्षमा आयोजित सहकारी अभिमुखीकरणसहितको कार्यक्रममार्फत् गाउँपालिका तथा नगरपालिकालाई सहकारी संस्थाको अभिलेख हस्तान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी, सहकारी विभागका उपसचिवसहितको सहभागितामा आयोजित कार्यक्रममार्फत् जिल्ला […]

थप पढ्नुहोस

गोलधापमा निःशुल्क स्वास्थ्य शिविर

गोलधाप / झापाको हल्दिबारी गाँउपालिका वडा नं १ गोलधापमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नं १ गोलधापको आयोजना तथा स्पार्क पूर्वाञ्चल अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । शिविरमा हाडजोर्नी तथा नसासँग सम्बन्धित विरामीहरुको चेकजाँच गरिएको वडा नं १ का वडाध्यक्ष त्रिलोचन सापकोटाले बताए । शिविरमा महिला […]

थप पढ्नुहोस

हात्तीको आक्रमणबाट गौरीगञ्जमा दुई महिला घाईते

गौरीगञ्ज /  जँगली हात्तीको आक्रमणबाट बिहीबार झापा गौरीगञ्जमा दुई महिला घाईते भएका छन । गौरीगञ्ज– २ स्थित कोरोबारीका २४ बर्षीया रञ्जिता राजवँशी र साविक ७ नम्वर वडा कि ४८ बर्षीया राजकुमारी राजवंशी सामान्य घाईते भएको कोरोबारी प्रहरी चौकीले जनाएको छ । जँगली हात्तीले स्थानीय राजकुमारी राजवंशीको ग्वाली समेत भत्काएको थियो । बिहान सात बजेतिर अचानक […]

थप पढ्नुहोस

बुद्धशान्ति च्यालेन्ज कपको फाइनलमा आयोजक र सैनिक युथ क्लब भिड्ने

बुद्धशान्ति / प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक होक्से क्लब र सैनिक युथ क्लब भिड्ने भएका छन । बिहीबार भएको दोस्रो सेमीफाइनलमा आयोजक होक्सेले सुर्योदय-११, फिक्कल इलामलाई ३/0 ले पराजित गर्दै उपाधिको लागि सैनिक युथ क्लबसँगको भेट पक्का गरेको हो । जीतका लागि आयोजकका बबिन बोहोराले खेलको ५ औं र १६ […]

थप पढ्नुहोस

बाढी प्रभावित क्षेत्रमा कारितास र अभियान नेपालको ‘प्लान्ट क्लिनिक क्याम्प’

मदरगाछ झापा /  झापाको पश्चिम दक्षिणी क्षेत्र झापा गाँउपालिका ७ मदरगाछमा एकदिने बालि उपचार शिविर कार्यक्रम (प्लान्ट क्लिनिक क्याम्प) सम्पन्न भएको छ । कारितास नेपाल र अभियान नेपालको संयुक्त आयोजनामा बिहीबार पहिलो पटक बाढी प्रभावित क्षेत्रमा ‘प्लान्ट क्लिनिक क्याम्प’ गरिएको हो । शव्जी खेतीमा लाग्ने रोग किराको बारेमा साना तथा मझौला कृषकलाई जानकारी गराउने उद्देश्यले […]

थप पढ्नुहोस