हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

इलाम / इलामको चुलाचुली गाउँपालिकामा हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।चुलाचुली गाउँपालिका –३ समृद्धि टोलका ३९ बर्षीय रामबहादुर थुकुङ राईको हात्तिको आक्रमणबाट मृत्यु भएको हो । आज बिहान मर्निङ वार्कमा निस्कएका राईलाई जंगली हात्तिले आक्रमण गरेको थियो । बिहान ५ः३० बजे हात्तिले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापा दमकको एड्भान्स अस्पताल ल्याइएको थियो […]

बिर्तामोडको मेयरमा पवित्रा र उपमेयरमा देवराजलाई सर्वाधिक मत

बिर्तामोड / बिर्तामोड नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेका तर्फबाट हालका बहालवाला उपमेयर पवित्रा महतारा प्रसाईले सबैभन्दा धेरै मतभार प्राप्त गरेकी छन् । बिर्तामोडका लागि मेयर, उपमेयर , अध्यक्ष र उपाध्यक्ष बन्ने आकांक्षीहरुको मतगणना सम्पन्न भएको छ । बिर्तामोडको मेयरका लागि भएको मतदानमा बहालवाला उपमेयर पवित्रा महतारा प्रसाईले सबैभन्दा बढी मतभार ल्याएको बताइएको छ । […]

बाघको आक्रमणबाट एक जना बेपत्ता

चितवन / बाघको आक्रमणबाट चितवनमा एक जना बृद्ध बेपत्ता भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरेपछि बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार आज बिहान ९ः ०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो । […]

खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति विषयक प्रशिक्षण शुरु

विर्तामोड / खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति बिषयक दुई दिवसिय प्रशिक्षण शनिवार झापाको कनकाई १ दुर्गापुरमा शुरु भएको छ ।  नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र कनकाई नगरपालिकाको सहयोगमा सञ्चालित प्रशिक्षणमा जिल्लका ४९ जना सञ्चारकर्मीको सहभागिता रहेको छ ।  कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रशिक्षणको उद्घाटन गरेका थिए । नेपाल पत्रकार […]

६५ औं राष्ट्रिय सहकारी दिवस झापामा भव्य रुपमा मनाउने

झापा / ६५ औं राष्ट्रिय सहकारी दिवस झापामा भव्यताका साथ मनाउने तयारी गरिएको छ । झापा जिल्ला सहकारी संघ लिको आयोजनामा सहकारी दिवसलाई “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने मूल नाराका साथ चैत २० गते सहकारी दिवस मनाउन लागिएको हो । झापा जिल्ला संघले सहकारी दिवसलाई भव्य बनाउन “झापा कोअपरेटिभ समिट २०७८” को आयोजना गर्ने […]

एकदिवसीय खेलमा सन्दीपले पूरा गरे ५० विकेट

झापा / नेपालका कप्तान सन्दीप लामिछानेले एकदिवसीय खेलमा ५० विकेट पूरा गरेका छन् ।सन्दीपले शनिबार पपुवा न्युगिनीविरूद्धको दोस्रो एकदिवसीय खेलमा विकेट लिँदै एकदिवसीय खेलमा ५० विकेट पूरा गरेका हुन् । उनले २२ खेलमा ५० एकदिवसीय विकेट पूरा गरे। उनी नेपालका लागि एकदिवसीय खेलमा ५० विकेट पूरा गर्ने पहिलो बलर हुन् । नेपालका लागि सर्वाधिक एकदिवसीय […]

सबै दल मिलेर आए पनि एमालेले चुनाव जित्छ –ओली

काठमाण्डौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै दलहरु मिलेर गठबन्धन गरे पनि एमालेले चुनाव जित्ने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटनमा अध्यक्ष ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरू एकमुस्ट आए पनि एमालेले एक्लै चुनाव लडेर जित्ने दाबी गरे । ‘सबै एकतिर लागेर के […]

बिर्तामोडमा ‘अ डे विथ सन्दिप क्षेत्री’ नामक भब्य कार्यक्रम हुने

बिर्तामोड / झापाको बिर्तामोडमा ‘अ डे विथ सन्दिप क्षेत्री’ नामक एकदिवसीय कार्यक्रम हुने भएको छ । स्काई क्रिएटर्स इन्टरटेन्मेन्ट प्रालि र भिप्रा एड्भरटाइजिङ एण्ड मिडिया प्रालिको संयुक्त आयोजनामा यहि चैत २६ गते कलाकार सन्दिप क्षेत्रीको उपस्थितिमा लिडरसिप, मोटिभेसन र इन्टरटेन्मेन्ट कार्यक्रम हुन लागेको हो । कार्यक्रममा चर्चित हाँस्य कलाकार, अभिनेता तथा कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्रीले […]

प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा छलफलका लागि पेश

काठमाण्डौं / प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध फागुन १ गते दर्ता भएको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाको बैठकमा छलफलका लागि प्रस्तुत भएको छ । आइतबारको बैठकमा नेकपा माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले उक्त प्रस्ताव छलफलका लागि पेश गरेका हुन् । यसअघि २२ फागुनमा बसेको प्रतिनिधिसभाको बैठकले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेको थियो । राणाविरूद्ध लगाइएको महाअभियोग छानबिनका […]

एमसीसीमा मैले गरेको निर्णय पार्टीमा फेल भयो भने राजीनामा दिन्छु-

काठमाडौं / नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विवादलाई चुनावपछि फेरि छलफलमा ल्याउने गरी पार्टीमा टुंग्याइएको बताएका छन् । अध्यक्ष प्रचण्डले चुनावपछि हुने छलफलमा आफ्नो निर्णय र प्रस्ताव फेल भएमा आफूले राजीनामा दिने बताए । चुनावसम्म यो विषयलाई अपिलमार्फत साझा भाषा बनाएर जनतामाझ जाने सहमति पार्टीभित्र बनेको उनले दावी गरे । सञ्चारकर्मीसँग एक कार्यक्रममा […]