प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड प्रस्थान

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिदाइ गरे । सो अवसरमा मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुख, […]

थप पढ्नुहोस

सानीमा लाइफ इन्स्योेरेन्सको शाखा दमकमा

दमक / सानीमा लाइफ इन्स्योेरेन्स लिमिटेडले आफ्नो ३३ औ शाखा झापाको दमकमा बिस्तार गरेको छ । शाखाको आज एक कार्यक्रमका बिच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे । जीवन बिमा कम्पनीको रुपमा स्थापित भएर काम गरिरहेको यस कम्पनीले आज ३३ औ शाखा दमकमा बिस्तार गरेको हो । इन्सोरेन्स लिमिटेडले यहि महिना भित्र १ नम्बर प्रदेशको […]

थप पढ्नुहोस

हल्दिबारीमा अगुवा कृषकका लागि मत्स्यपालन तालिम शुरु

हल्दिबारी / झापाको हल्दिबारी गाँउपालिकाले सञ्चालन गरेको ‘हल्दिबारीको बाचा झापाभरी माछा’ कार्यक्रम अन्तर्गत नयाँ माछा पालक कृषकको लागि व्यवसायिक माछा पालन तालिम सुरु गरेको छ । गाउपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा आज एक कार्यक्रमका बिच हल्दिबारी वडा नं ४ मा अगुवा कृषकलाई लक्षित गरी ३ दिने माछा पालन तालिम सुभारम्भ गरिएको गाँउपालिकाका प्रवक्ता सागर पोर्तेलले […]

थप पढ्नुहोस

रामेछापमा बस दुर्घटना १ को मृत्यु अन्य २० जना घाइते

रामेछाप / रामेछापको सदरमुकाम मन्थली नजिकै मच्छेडाँडीमा  आइतबार मध्यान्ह बस दुर्घटना भएको छ । ओखलढुंगाको घाराखोरीबाट काठमाडौँको लागि हिँडेको बा४ख ४२१० नम्बरको बस मन्थली नगरपालिका-१ मच्छेडाँडीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । दुर्घटनामा ओखलढुँगाको चंपादेवी गाउँपालिका-६ का २५ वर्षीय ओम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी  कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा अन्य २० जना घाइते […]

थप पढ्नुहोस

घुस लिएको आरोपमा वडासचिव पक्राउ

काँकरभिट्टा /मेचीनगर नगरपालिका वडा नंं.२ भृकुटीका वडा सचिव सुरेश घिमिरे घुस लिएको आरोपमा प्रक्राउ परेका छन् । स्थानीय पूर्णबहादुर तामाङसँग नागरिकता सिफारिस बापत ९ हजार रुपैया घुस लिएको आरोप लागेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । वडासचिव घिमिरेलाई कारबाहीको माग गर्दै स्थानीयबासीले प्रहरीको जिम्मा लगाए । सेवाग्राहीसँग पटक पटक घुस लिएको गुनासो आईरहेको र गत […]

थप पढ्नुहोस

प्रदेश सभाषद् दर्लामीले गरे २ करोडका योजनामा वजेट विनियोजन

दमक / झापा क्षेत्र नम्बर ४ ( १ ) प्रदेशसभा सदस्य झलकसिंह दर्लामीमगर ‘शन्देश’ ले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत विभिन्न शिर्षकमा २ करोड रूपैँया वजेट विनियोजन गरेका छन् । दर्लामीका स्वकीय सचिव दुर्गा नेम्बाङ्गका अनुसार आफ्नो निर्वाचन क्षेत्र पूर्वाधार विकासका लागि सडक सञ्जाल, कल्र्भट, सडक तथा ढल, साना–ठूला नदी र खोला तधबन्धन, मठमन्दिर, […]

थप पढ्नुहोस

समाचारको विषयमा वडाध्यक्षका छोराले घरमै गएर कुटे पत्रकार

उर्लाबारी / मोरङ,उर्लाबारीका पत्रकार तेजन खड्कामाथी गएराती कुटपिट भएको छ । समाचार लेखेको बिषयमा पत्रकार खड्कामाथी उर्लाबारी-९ का वडाध्यक्ष बमबहादुर फ्याकका छोरा कमल फ्याकले खड्काको घरमै गएर कुटपिट गरेका हुन् । अनुदानको मकैको बिउ पैसा लिएर बिक्री गरेको भन्ने समाचारको विषयलाई लिएर आक्रोशित फ्याकले मदिराको नशामा खड्काको घरमै गएर कुटपिट गरेका थिए । कमलले पत्रकारकी […]

थप पढ्नुहोस

आइईई प्रतिवेदन बाहिर उत्खनन भए अनपाले कारबाही गर्ने

सागर गौतम- अर्जुनधारा /अर्जुनधारा नगरपालिकाको आयोजनामा बसेको सरोकरवालाहरुको नगरस्तरीय बैठकले प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनले निषेध गरेको स्थानमा अवैध रुपमा नदीजन्य सामाग्रीको उत्खनन गरेको पाइएमा अनुगमन समितिको सिफारिसमा कानुनी कार्वाही गर्ने जनाएको छ । नगरपालिकाको सभाकक्षमा बसेको सर्वपक्षीय सरोकारावाला बैठकमा जथाभावी हुने खोलाको उत्खननलाई रोक्न प्रतिवेदनले व्यवस्था गरेअनुसारको नदीजन्य सामाग्री ठेक्का सम्झौता भएको नगर प्रमुख […]

थप पढ्नुहोस

बिर्ता बालक्लबलाई खेलकद सामाग्री

झापा / बिर्तामोड नगरपालिका ३ नम्बर वडा कार्यालयले स्थानीय बिर्ता बालक्लबलाई बिभिन्न खेलकद सामाग्री हस्तान्तरण गरेको छ । ३ नम्बर वडा कार्यालयले शनिबार एक कार्यक्रमका बिच २ थान फुटबल, ५ थान ब्याड मिन्टन, २ थान भलिबल, ६ थान स्केपिङ, २१ थान डायरीलगायतका सामाग्रीहरु बितरण गरेको हो । विर्ता वालक्लबका अध्यक्ष सुदीप भट्टराइको अध्यक्षता रहेको कार्यक्रममा […]

थप पढ्नुहोस