सिन्धुलीमा जीप दुर्घटना ५ जनाको मृत्यु, ७ घाइते

झापा / सिन्धुलीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन । घटनामा ७ जना घाइते छन् भने ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । सिन्धुलीको फिकल गाउँपालिका २, चण्डी भञ्ज्याङमा बा १५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको […]

थप पढ्नुहोस

भूकम्पबाट प्रभावितलाई घर बनाउन वन क्षेत्र प्रयोग गर्न दिने

काठमाडौं / सरकारले भूकम्पबाट प्रभावित व्यक्तिलाई घर बनाउन वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट प्रभावित व्यक्तिको पुनर्बास तथा स्थानान्तरणका लागि वनक्षेत्रको जग्गा उपलब्ध गराउनेसम्बन्धी पहिलो संशोधन कार्यविधि स्वीकृत गरेपछि भूकम्प प्रभावित व्यक्तिलाई वन क्षेत्रमा घर बनाउन बाटो खुलेको हो । सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाका अनुसार आफ्नो […]

थप पढ्नुहोस

शैक्षिक हड्तालका कारण देशभरका विद्यालयको पठनपाठन प्रभावित

काठमाडौँ / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न विसं २०६८ जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेपनि त्यसको पटक–पटक उल्लङ्घन हुँदा पढाइ प्रभावित भइरहेको छ । […]

थप पढ्नुहोस

देवी–देवताको नाम हटाएकोमा राष्ट्रपतिको चासो

सशस्त्र प्रहरीले बाहिनी, गण र गुल्महरूको हिन्दू नाम परिवर्तन गरेको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले गम्भीर चासो राखेपछि सशस्त्र पछि हटेको छ । सशस्त्रले आफ्नो स्थापनाकालदेखि नै राखेको देवी–देवता तथा ऐतिहासिक स्थलहरूको नाम हटाएर नम्बरका आधारमा गण–गुल्म आदिलाई चिन्नुपर्ने गराएको भनी समाचार प्रकाशित भएपछि राष्ट्रपतिले यो विषयमा गम्भीर चासो व्यक्त गरेको स्रोतले बताएको छ । प्राप्त […]

थप पढ्नुहोस

नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकन बैठक

काठमाण्डौं / नेपाल र भारतले सन् २००९ मा गरेको वाणिज्य सन्धिको पुनरावलोकन बैठक भोलि (बिहीबार) देखि पोखरामा हुँदैछ। सहसचिव नेतृत्वमा हुने बैठकमा नेपालले दुई देशको परवाहन मुद्दालाई प्रमुख एजेण्डा बनाएको छ। नेपालले विषेश गरी यातायत, भन्सार दर र भन्सार कडाईको मुद्दालाई अघि सार्ने भएकाे छ। नेपालबाट उक्त्त बैठकको नेतृत्व गर्ने सहसचिव रविरंशर सैंजूका अनुसार पहिले […]

थप पढ्नुहोस

एनसेलको पुँजीगत लाभकर असुल गर्न परमादेश

काठमाण्डौं / सर्वोच्च अदालतले एनसेलको पुँजीगत लाभकर असुल गर्न परमादेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँच न्यायाधीशको पूर्ण इजलाशले एनसेल बिक्रीमा पुँजीगत लाभकर उठाउन एनसेल र एक्जियटाको नाममा परमादेश जारी गरेको हो। गत बिहीबारबाट मुद्दामाथि सुनुवाइ सुरु भएको थियो । मंगलबार निवेदक द्वारिकानाथ ढुङ्गेल र अधिवक्ता भावेश गौतमका तर्फबाट प्रतिनिधित्व गरेका कानुन व्यवसायीले बहस […]

थप पढ्नुहोस

भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य

काठमाडौं / सरकारले नेपालका उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिन कडाइ गरेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै श्रम तथा रोजगार कार्यालयहरुलाई पत्राचार गरी प्रतिष्ठानहरुमा काम गर्ने भारतीय नागरिकको संख्या अध्यावधिक गर्न र श्रम स्वीकृति नलिएको भए लिने व्यवस्था मिलाउन निर्देशन दिएको हो । विभागका कारखाना निरीक्षक प्रशान्त शाहद्वारा […]

थप पढ्नुहोस

सोनाम ल्होछारमा प्रधानमन्त्री ओलीको शुभकामना सन्देश

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीलले सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले साँस्कृतिक पर्व र भेषभुषाहरु मार्फत पनि समृद्धिको अभियानमा टेवा पुर्र्याउन सकिने बताएका छन् । सांस्कृतिक विविधताले नेपाललाई एकसूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको पनि उनले बताएका छन् । तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा मंगलबार जारी शुभकामना सन्देशमा […]

थप पढ्नुहोस

आज तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व

काठमाडौं / तामाङ समुदायले आज नयाँ वर्षको रुपमा सोनाम ल्होछार पर्व मनाउँदैछन् । पर्वको अवसरमा प्रदेश ३ सरकारले सार्वजनिक विदा दिएको छ । सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने मौलिक पर्व हो । यो हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन मनाइन्छ । चन्द्रमासमा आधारित मञ्जुश्री पात्रोअनुसार आजदेखि तामाङ समुदायले […]

थप पढ्नुहोस