प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड प्रस्थान

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिदाइ गरे । सो अवसरमा मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुख, […]

थप पढ्नुहोस

वाइडबडी खरिद प्रकरण छानबिन गर्न सर्वदलीय संसदीय समिति बनाउन बाबुरामको माग

काठमाडौं / पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न अधिकारसम्पन्न सर्वदलीय संसदीय समिति गठनको माग गरेका छन् । विमान खरिदमा भ्रष्टाचार भएकोमा दुइमत नरहेको उनको दाबी छ । नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका भट्टराईले अधिकारसम्पन्न सर्वदलीय संसदीय समिति बनाएमात्रै विमान खरिदमा भएको अनियमिता बाहिर आउने बताए । बुधबार पार्टीले गरेको अन्तरक्रियामा […]

थप पढ्नुहोस

फुट्यो विवेकशील साझा पार्टी

काठमाण्डौ / आन्तरिक विवादका कारण अन्ततः विवेकशील साझा पार्टी  फुटेको छ । पार्टीका एक संयोजक उज्ज्वल  थापालगायतले  नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगका  प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार निवेदनमा नयाँ पार्टीको नाम विवेकशील नेपाली दल प्रस्ताव  गरिएको छ । यस्तै केन्द्रीय समितिको ४० प्रतिशत विवेकशील साझाबाट अलग्गिन चाहेको पनि निवेदनमा […]

थप पढ्नुहोस

नयाँ मर्यादाक्रम सार्वजनिक

काठमाडौं / सरकारले नयाँ मर्यादाक्रम सार्वजनिक गरेको छ । यही पुस १९ र २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिको मर्यादाक्रम स्वीकृत गर्ने निर्णय गरेको हो । नयाँ मर्यादाक्रमअनुसार प्रदेश प्रमुखलाई छैटौं नम्बरमा राखिएको छ । प्रदेशका मन्त्री र केन्द्रका सांसद, राज्यमन्त्री, काठमाडौं महानगरकाका मेयर, पूर्वसांसद, […]

थप पढ्नुहोस

जग्गादर्ता सम्बन्धी समितिको अध्यक्षमा राधाकृष्ण खनाल

झापा / सरकारले झापा जिल्लाको महारानी झोडा, लखनपुर, सतासीधाम, धरमपुर, तोपगाछी क्षेत्रको जग्गादर्ता सम्बन्धी समिति गठन आदेश २०७५ बमोजिम गठित समितिको अध्यक्षमा राधाकृष्ण खनाललाई तोक्ने निर्णय गरेको छ । खनाल शिव सतासीधाम–३, धरमपुरका हुन् । समितिको सदस्यमा झापाको गौरादह नगरपालिका–५,का मदनप्रसाद अधिकारीलाई तोक्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । पुस […]

थप पढ्नुहोस

नेपाली आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई : प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने बताएका छन् । २९७ औं पृथ्वी जयन्तिका अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्नेमा जोड दिएका छन् । “उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो । पृथ्वीनारायणले सुरु नगरेको भए वा सुरु गरिसकेपछि पनि […]

थप पढ्नुहोस

कानुनले कसरी रोक्छ मनाङेको शपथ ? तर यसरी हुँदैछ अर्को चलखेल

काठमाडौं/ कैलालीबाट प्रतिनिधिसभामा निर्वाचित भएका रेशम चौधरीले केही दिन अघि शपथ लिए। उनले शपथ लिएसँगै पक्ष विपक्षमा वहसहरू भैइरहेका छन्। यो बीचमा केही हदसम्म चौधरीकै जस्तो मुद्दाको सामना गरिरहेका दिपक मनाङेलाई पनि शपथ खुवाउने प्रपञ्च सुरु भएको छ। केही दिनअघि सर्वोच्च अदालतबाट जेल बाहिरै बसेर मुद्दा लड्न पाउने सुविधा सहितको आदेश लिएका मनाङले गण्डकी प्रदेशसभामा […]

थप पढ्नुहोस

झापामा विकास निर्माणको कामले तिव्रता पाउँछ : पधानमन्त्री ओली

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तिव्रता लिने बताएका छन् । झापाका नेकपाका नेता तथा स्थानीय तहका जनप्रतिनिधी र प्रशासकीय अधिकृतहरुसँग बुधबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले कतिपय विकास निर्माणका योजना प्रदेश वा संघ कस्ले सञ्चालन गर्ने भनेर द्विविधा भएकोले केही ढिलाइ भएको बताए । […]

थप पढ्नुहोस

२०१८ सुस्थिर राजनीतिक उपलब्धिको वर्ष : प्रधानमन्त्री ओली

झापा  / प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत २०१८ सुस्थिर राजनीतिक उपलब्धिको वर्षका रुपमा रहेको बताएका छन् । अंग्रेजी नयाँ वर्षको अवसरमा २०१८ को अन्तिम दिन सम्पूर्ण नेपालीलाई शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । ‘हामीबाट विदा भएको इ.सं. २०१८, नेपालको सुस्थिर राजनीतिक उपलब्धिको वर्षका रुपमा रह्यो’- प्रधानमन्त्रीले शुभकामना सन्देश जारी गर्दै […]

थप पढ्नुहोस