दमक क्षेत्रमा उपचार गर्न नसक्ने परिवारको नगरपालिकाले उद्धार गर्छ : मेयर ओली टाउको ठूलो भएकी बालिकाको सफल सल्यक्रिया

दमक /दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले नगरभित्र रहेका असाहय तथा अति बिपन्न परिवार कोहि आर्थिक अभावले उपचार नपाएको तथा समस्यामा रहेको भए त्यस्ताको उद्धार गर्न नगरपालिका तयार रहेको बताएका छन् । नगरपालिकाको पहलमा दुइ साताको अवघिमा तीन बालबालिकाको उद्धार तथा उपचार गरेको स्मरण गर्दै त्यस्ता बालबालिका तथा सर्वसाधारण रहे उनिहरुको साथमा नगरपालिका रहेको ओलीले बताएका […]

थप पढ्नुहोस

धरानमा विद्युत् सर्ट हुँदा आगलागी, ७ लाखको क्षति

धरान/ सुनसरीको धरान उप–महानगरपालिका–१५ मा आगलागी हुँदा ७ लाख रुपैयाँ बरबारको क्षति भएको छ । विद्युत् सर्ट भइ स्थानीय बमबहादुर विश्वकर्माको घरमा आगलागी भएको हो । आगलागीबाट उनको दुई तले घर तथा घरभित्र रहेका सामानमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । अनलाइनखबर

थप पढ्नुहोस

इलाममा १६ बर्षीय किशोरी बेपत्ता

इलाम / सूर्योदय नगरपालिका–८ इलामकी एक किशोरी चार दिनदेखि बेपत्ता भएकी छन् । १६ वर्षीय समिक्षा बस्नेत बेपत्ता भएकी हुन् । उनी ईलाम नगरपालिका ३ पुवामझुवास्थित आफन्तकहाँ बस्दै आएकी थिइन् । नेपालटार माविमा कक्षा ११ मा अध्ययन गरिरहेकी बस्नेत विद्यालयबाट नफर्किएपछि आफन्त र परिवारले खोजतलास गरे पनि पत्ता लाग्न नसकेको उनका फूपाजु लीलाबहादुर खत्रीले बताए […]

थप पढ्नुहोस

सिरहाको एक इलेक्ट्रोनिक्स पसलमा आगलागी

लहान / सिरहाको गोलबजार नगरपालिकाको एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा करिब डेढ करोड रुपैयाँको धनमाल जलेका छन् । गोलबजार नगरपालिका ६ मा रहेको सुधीर इन्टरप्राइजेजमा सोमबार मध्यरातमा आगलागी हुँदा दर्जनौं कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, कम्प्युटरका सामानहरु, राउटरलगायत जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । आगो स्थानीयबासीको सहयोगमा प्रहरीले २ घन्टापछि नियन्त्रणमा लिएको पसल सञ्चालक […]

थप पढ्नुहोस

प्रदेश १ मा मुख्यमन्त्री को ?

सुमन तिमल्सिना – माेरङ / प्रदेश नं. १ मा एमालेले मुख्यमन्त्री पाउने पक्का भैसकेको छ । तर कसले पाउँछ भन्ने झैं अझै टुंगो लागेको छैन । केही दिन अघिसम्म नेता शेरधन राईले मात्र एकलौटी दाबी गर्दै आउनुभएकोमा आइतबारसम्म मुख्यमन्त्रीको दाबी गर्नेहरु तीनजना देखिएका छन् । एमाले स्थायी समिति सदस्य तथा सुनसरी क्षेत्र नं. १ (१)बाट […]

थप पढ्नुहोस

रञ्जना हत्या प्रकरणः पोखराबाट श्रीमान् र जेठाजु पक्राउ

पाेखरा / जनकपुर उपमहानगरपालिका–२, किशोरनगरीमा गत ८ पुसमा हत्या गरिएकी २२ वर्षीय रञ्जना शर्माको हत्यामा संंलग्न भएकाे हुन सक्ने अाशंकामा तीन जना पक्राउ परेका छन् । पोखराकाे अमरसिंह चोकबाट उनका श्रीमान् आनन्द मोहन शर्मा, जेठाजु अरविन्द ठाकुर र उनकी श्रीमति रिकुकुमारी शर्मालार्इ पक्राउ गरिएको हो । पक्राउ परेका शर्मा पोखराको वन विज्ञान अध्ययन संस्थान र ठाकुर […]

थप पढ्नुहोस

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ का सबै सांसद निर्विरोध

जनकपुर /संघीय समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसेनले प्रदेश २ को खुला समूहबाट राष्ट्रियसभा सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । यससँगै प्रदेश २ का आठै सदस्य निर्विरोध निर्वाचित भएका छन् । महिला कोटामा तीन तथा अल्पसंख्यक र दलित कोटामा एकएक जनाको मात्र उम्मेदवारी परेको थियो । तर, खुला समूहको तीन दलका लागि चार जनाको […]

थप पढ्नुहोस

प्रदेशसभा हलको ‘डिजाइन’ तयार

काठमाडौँ / सहरी विकास तथा भवन विभागले संसद् सचिवालयको सुझाव समेटेर प्रदेशसभा हलको ‘डिजाइन’ तयार पारेको छ। त्यसैमा आधारित भएर प्रदेशसभा भवनको मर्मतसम्भार, फर्निचर र भौतिक सामग्रीको व्यवस्थापन थालिएको संसद् सचिवालयका प्रवक्ता भरतराम गौतमले जानकारी दिए। हलको मूल ढाँचा एउटै भए पनि सिट संख्या भने प्रदेशपिच्छे फरक हुनेछन्। किनकि सातवटा प्रदेशको प्रदेशसभाको सदस्य संख्या फरक–फरक […]

थप पढ्नुहोस

स्थानीय तहबाटै कक्षा ८ को परीक्षा

काठमाडौँ / चालू शैक्षिक सत्रमा कक्षा ८ को परीक्षा स्थानीय तहले नै लिने भएको छ। जिल्लास्तरीय हुँदै आएको परीक्षा यो वर्षदेखि स्थानीय तहमै गर्ने निर्णय भएको हो। जिल्ला शिक्षामा बुधबार बसेको सरोकारवालाको बैठकले कक्षा ८ को परीक्षा स्थानीय तहबाटै सञ्चालन गर्ने निर्णय भएको जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले जानकारी दिए। उनका अनुसार यो निर्णयसँगै उक्त […]

थप पढ्नुहोस