ह्वाट्सएपका सस्थापक ब्रायन ऐक्टनले फेसबुक एकाउन्ट डिलिट गर्न गरे आग्रह

एजेन्सी / फेसबुक स्वामित्वको लोकप्रिय मेसेजिङ्ग एप ह्वाट्सएपका सह-सस्थापक ब्रायन ऐक्टनले सबै फेसबुक प्रयोगकर्तालाई आफ्नो फेसबुक अकाउन्ट डिलिट गर्न अपिल गरेका छन् । हालै विद्यार्थीहरुसँग कुराकानी गर्दै उनले सबैले फेसबुक डिलिट गर्नुपर्ने बताएका हुन् । हाल ह्वाट्सएपको प्रतिस्पर्धीको रुपमा उदाइरहेका गैर नाफामूलक कम्पनी सिग्नलको नेतृत्व गरिरहेका ऐक्टनले फेसबुक सिइओ मार्क जुकरबर्गमाथि गम्भीर आरोपसमेत लगाएका छन् । […]

थप पढ्नुहोस

नयाँ फिचरसहित जेसिबी न्यू थ्रीडिएक्स सुपर बजारमा

विर्तामोड / जेसिबीको आधिकारिक विक्रेता एमएडव्ल्यू अर्थमुभर्सले जेसिबी न्यू थ्रीडिएक्स सुपर बजारमा ल्याएको छ । एमए डव्ल्यूको पूर्वाञ्चल विक्रीकेन्द्र विर्तामोड शाखामा आज कम्पनीले पत्रकार सम्मेलन र उपभोक्ता भेला गरी न्यु जेसीबी थ्रिडिएक्स सुपर सार्वजनिक गरेको हो । ९२ हर्स पावर क्षमता भएको जेसिबीको नयाँ उत्पादन न्यु जेसीबी थ्रिडिएक्स सुपर लक्ष्मी माता कन्ट्रक्सनका प्रवन्धक सुरेश कडरियाले रिबन काटेर सार्वजनिक […]

थप पढ्नुहोस

जनआन्दोलनको आयोजनामा तीनदिने प्रशिक्षण

विर्तामोड  / जनआन्दोलन साप्ताहिक प्रकाशन समूह झापाको आयोजना र विर्तामोड नगरपालिका वडा नं–६ को सहयोगमा तीनदिने सूचना संकलन, निवेदन लेखन तथा वाककला सम्बन्धी तीनदिने प्रशिक्षण आजदेखि शुरु भएको छ । विर्तामोड नगरपालिका वडा नं–६ हरिहर आश्रममा आयोजित तालिमको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा वडाध्यक्ष सूर्य कन्दङ्वाले गरेका थिए । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि कन्दङ्वाले […]

थप पढ्नुहोस

स्मार्ट लाइसेन्स गुणस्तरीय नभएको निश्कर्ष

काठमाडौं / यातायात व्यवस्था विभागले आउटसोर्सिङ गरेर छापिएको स्मार्ट लाइसेन्स गुणस्तरीय नभएको निश्कर्ष निकालेको छ । त्यसैका अधारमा तत्कालका लागि आउटसोर्सिङ कम्पनी मालिका इन्कर्पोरेटमार्फत हुने छपाइ रोकिएको छ । कम्पनीले करिब ४ लाख कार्ड छापेपछि विभाग अब आफ्नै मेसिनमार्फत कार्ड छाप्ने योजना बनाउँदैछ । विभागमा महानिर्देशक लावण्य ढकाल एकपटक म्याद थप्दा मालिकाले ३ लाख ६० […]

थप पढ्नुहोस

आइफोन उत्पादक कम्पनी एप्पललाई एकै दिनमा ७५ अर्ब डलरको नोक्सानी

एजेन्सी /आइफोन उत्पादक कम्पनी एप्पलले एकै दिनमा ७५ अर्ब डलरको नोक्सानी व्यहोरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । वाल स्ट्रिटमा एप्पलको शेयर मुल्य १० प्रतिशतले गिरावट आउदा एप्पलले सो नोक्सानी व्यहोरेको बताइएको छ । एप्पलका प्रमुख कार्यकारी टीम कुकले कम्पनीको आम्दानी कम हुने बताएसँगै त्यसको प्रभाव स्ट्रिटवालमा परेको बताइएको छ ।

थप पढ्नुहोस

रेल नेपालको ड्राइभर भारतको

काठमाडौं / सरकारले नेपालको एकमात्रै जनकपुर-जयनगर रेलमार्गमा सरकारले आफ्नै रेलगाडी चलाउने भनेपनि रेल चलाउने जनशक्ति भने भारतबाटै ल्याउनुपर्ने भएको छ । नेपालीसँग रेल चलाउने खासै अनुभव नभएको भन्दै आवश्यक प्राविधिक जनशक्ति भारतबाट ल्याउन लागिएको रेल्वे विभागले जनाएको छ । रेल्वे विभागले भारत सरकारसँग तत्कालै ५० करोड खर्चिएर एउटा रेल ल्याउन लागेको छ । त्यसका लागि […]

थप पढ्नुहोस

वाइडबडी विमान खरिदमा अनियमितताबारे सरकारले छानबिन गर्ने

बीबीसी / नेपाल वायुसेवा निगमले किनेका दुईवटा वाइडबडी विमानको खरिद प्रक्रियामा त्रुटिपूर्ण रहेको भन्दै आलोचना भइरहँदा त्यसको छानबिनका लागि गृहकार्य भइरहेको सरकारका प्रवक्ताले बताएका छन्। संसदीय समितिले छानबिन गरिरहेकाले अर्को समिति बनाउने वा कसरी त्यसको छानबिन गर्ने भन्नेबारे छलफल भइरहेको उनको भनाइ छ। आफ्नो प्रतिवेदन अन्तिम चरणमा पुर्‍याएको संस‌द्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिका सदस्यहरूले वाइडबडी […]

थप पढ्नुहोस

नेपालले आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने

काठमाडौं / नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भू–उपग्रह प्रक्षेपण गर्न लागिएको हो । ‘बर्डस थ्री’ नामक भू–उपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई दुई करोड रुपैयाँ उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का […]

थप पढ्नुहोस

विद्युतीय सञ्चारमाध्यम बर्गीकरण सम्बन्धी अन्तरक्र्रिया सम्पन्न

काठमाण्डौं / विद्युतीय सञ्चारमाध्यमको वर्गीकरण मापदण्डसम्बन्धी अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा भएको उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव, सूचना तथा प्रसारण विभागका महानिर्देशक तथा काउन्सिलका सदस्य–सचिव बालकृष्ण घिमिरे र निर्देशक, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्यहरु सुभेच्छा विन्दु तुलाधर, गोपाल बुढाथोकि र चेतनाथ धमला, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, […]

थप पढ्नुहोस