जनआन्दोलनको आयोजनामा तीनदिने प्रशिक्षण

विर्तामोड  / जनआन्दोलन साप्ताहिक प्रकाशन समूह झापाको आयोजना र विर्तामोड नगरपालिका वडा नं–६ को सहयोगमा तीनदिने सूचना संकलन, निवेदन लेखन तथा वाककला सम्बन्धी तीनदिने प्रशिक्षण आजदेखि शुरु भएको छ । विर्तामोड नगरपालिका वडा नं–६ हरिहर आश्रममा आयोजित तालिमको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा वडाध्यक्ष सूर्य कन्दङ्वाले गरेका थिए । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि कन्दङ्वाले […]

थप पढ्नुहोस

विद्युतीय सञ्चारमाध्यम बर्गीकरण सम्बन्धी अन्तरक्र्रिया सम्पन्न

काठमाण्डौं / विद्युतीय सञ्चारमाध्यमको वर्गीकरण मापदण्डसम्बन्धी अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा भएको उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव, सूचना तथा प्रसारण विभागका महानिर्देशक तथा काउन्सिलका सदस्य–सचिव बालकृष्ण घिमिरे र निर्देशक, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्यहरु सुभेच्छा विन्दु तुलाधर, गोपाल बुढाथोकि र चेतनाथ धमला, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, […]

थप पढ्नुहोस

वीरता जेसीज र बीईएफद्धारा विपन्न २० जनालाई निःशुल्क कम्प्युटर शिक्षा

बिर्तामोड /  वीरता जेसीज र बिर्तामोड एजुकशेन फाउण्डेशन (बीईएफ)को सहकार्यमा सञ्चालित विपन्न परिवारका २० जना विद्यार्थीलाई ६ महिने निःशुल्क कम्प्युटर कक्षाको बुधबार समापन भएको छ । वीरता जेसीजको सचिवालयमा आयोजित समारोहमा कम्प्युटर शिक्षा कक्षामा सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड एजुकेशन फाउण्डेशनका सञ्चालक तथा निर्देशक […]

थप पढ्नुहोस

फेसबुकमा चोरी, पाँच करोड प्रयोगकर्ताको डाटा ह्याक

काठमाडौं / सामाजिक सन्जाल फेसबुकको डाटा फेरि चोरी भएको छ । करिब ५ करोड प्रयोगकर्ताको डाटा चोरी भएको फेसबुकले जनाएको छ । ह्याकरले ह्याक गरेर डाटा चोरी गरेको हो । फेसबुकका अनुसार यसको आन्तरिक जाँच भइरहेको छ । कम्पनीका अनुसार ह्याकरले ‘भ्यू एज’ फिचरमा हमला गरे । यसैमार्फत युजर अकान्टमा छिरेर डाटा चोरी गरेको पाइएको […]

थप पढ्नुहोस

साउण्ड सिस्टम व्यवसायीको महाधिवेशन असोज १५ मा

विर्तामोड / साउण्ड सिस्टम व्यवसायी संघ क्षेत्र नं क को तेस्रो चुनावी महाधिवेशन विर्तामोडमा हुने भएको छ । संघको केन्द्रिय समितिले शुक्रबार विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी झापाको कन्काई पूर्व क्षेत्र नं क को महाधिवेशन असोज १५ गते गर्ने तयारी गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा संघका केन्द्रिय अध्यक्ष डम्बरबहादुर लामा (डिके) ले अधिवेशनको […]

थप पढ्नुहोस

नेपालमा पोर्न साइटमाथि प्रतिबन्ध लाग्दै, अश्लिल सामग्री ब्लक गरिने

काठमाडौं / सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको छ । दूरसञ्चार प्राधिकरण नियामक निकाय हो । मुलुकी अपराध संहिता २०७४को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य अश्लिल सामग्रीहरुको आदान-प्रदान, प्रकाशन तथा प्रसारणलाई बन्देज लगाएको बताउँदै […]

थप पढ्नुहोस

क्यान महासंघ झापाको साधारणसभा सम्पन्न

विर्तामोड / कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ झापा शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार विर्तामोडमा क्यान झापाको साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले सचिवले पेश गरेको प्रगति प्रतिवेदन , कोषाध्यको प्रतिवेदन र ०७५/०७६ को अनुमानित आयव्यय विवरण पास गरेको छ । क्यान महासंघ झापाका अध्यक्ष लक्ष्मीकान्त खनालको सभापतित्वमा आयोजित साधारणसभाको क्यान महासंघ […]

थप पढ्नुहोस

नयाँ मुलुकी ऐनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खोस्ने काम गर्यो- सरोकारवाला

काठमाडौं / सरकारले भदौ १ गते देखि लागू हुने गरी ल्याएको मुलुकी अपराध (संहिता) ऐन २०७४ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खोस्ने काम गरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन, डिजिटल मिडिया विभाग र सेन्टर फर मिडिया रिसर्च–नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै पत्रकारितासँग सम्बन्धित संघसंगठनका प्रतिनिधिले संहिताले समाचार संकलनदेखि प्रकाशन प्रसारण […]

थप पढ्नुहोस

इन्टरनेटको मुल्य नबढ्ने

काठमाण्डौ / साउन १ गतेदेखि लागू भएको दूरसञ्चार कर पछि बढेको इन्टरनेटको मूल्य फिर्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा गठित समितिको सिफारिशमा उक्त मूल्य बृद्धि नगर्ने निर्णय भएको हो । आर्थिक ऐन, वर्ष २०७५ बमोजिम साउन १ गतेदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसंचार सेवा शुल्क (टीएससी) लगाउने सरकारले व्यवस्था गरेको थियो । […]

थप पढ्नुहोस