काठमाडौं / सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । सरकारले आइतबार रामनवमीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको सरकारले जनाएको छ।
बिर्तामोड / ‘सहयोगी मनहरु नेपाल’ ले बिर्तामोड निवासी हरीप्रसाद अधिकारीको परिवारलाई खाद्यान्न उपलब्ध गराएर सहयोग गरेको छ । सहयोगी मनहरु नेपालले आज एक कार्यक्रमको आयोजना गरि बिर्तामोड नगरपालिका –३ हेवन वाटर पार्क नजिकको अधिकारी परिवारलाई ५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग हस्तान्तरण गरेको हो । असहाय र दुःखीहरुलाई सहयोग गर्दै आएको सो संस्था मार्फत पोलेण्डमा […]
काँकरभिट्टा / मेचीनगर–६ काँकरभिट्टामा आइतबार बिहान आगलागीबाट दुई घर जलेका छन् ।आगलागीबाट भानु टोलका नारायण तिम्सिना र पासाङ तामाङको घर जलेर खरानी भएका हुन् । मेचीनगरको दमकल एक महिनादेखि बिग्रिएर ग्यारेजमा थन्किएको छ । विद्युत् सर्ट भइ आगो लागेपछि स्थानीय र सुरक्षाकर्मी मिलेर आगो नियन्त्रणमा लिएका थिए । पानी, बालुवा र स्याउला प्रयोग गरेर आगो […]
बिर्तामोड / हिमालय टेलिभिजनबाट प्रसारित बाल गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ नेपालको पहिलो सिजनको उपाधि झापाका जेनिश उप्रेतीले जितेका छन् । अन्तिम स्पर्धामा पुगेका ८ जनामध्येबाट जेनिशले ‘द भ्वाइस किड्स’को उपाधि जितेका हुन् । उपाधिसँगै जेनिशले ‘द भ्वाइस किड्स’को ट्रफी, १५ लाखकोे चेक र विभिन्न गिफ्ट ह्याम्पर जितेका छन् । दर्शकको प्राप्तको मतको आधारमा […]
धनगढी / कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्कर समूहका एक जना पक्राउ परेका छन् । नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय प्रशासनले जनाएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कुमारलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको जानकारी प्राप्त भएको […]
बिर्तामोड / बिर्तामोड काण्डका नाममा होटलमा खाजा खाइरहेका व्यक्तिको भिडियो खिचेर युटुब र सामाजिक सञ्जाल टिकटकमा भिडियो हाल्ने मध्येका ३ जना पक्राउ परेका छन् । पीडितले आजै उनीहरु विरुद्ध प्रहरीमा उजुरी दिएका थिए । पक्राउ पर्नेमा युट्युवर खगेन्द्र घिमिरे, होटल जंगल भ्यू चारआलीका संचालक हेमराज भट्टराई , सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की रहेका […]
बिर्तामोड / बिर्तामोड काण्डका नाममा होटलमा खाजा खाइरहेका व्यक्तिको भिडियो खिचेर युटुबमा हाल्नेसहित ६ जनामाथि कारबाहीका लागि इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । उजुरी पर्नेमा प्रहरी र युटुबर बोलाएर आतंक गर्ने होटल जंगल भ्यू चारआलीका संचालक हेमराज भट्टराई , सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की , अनलाइन टेलिभिजन संघ झापाका अध्यक्ष खगेन्द्र घिमिरे […]
बिर्तामोड / बिर्तामोड काण्डका नाममा बिर्तामोडको एक होटलमा खाजा खाँदै गरेका एक पुरुष र दुई महिलाको विषयमा युटुबमा भिडियो बनाएर गोपनीयता भंग गर्नेलाई प्रहरीले कारवाही गर्ने भएको छ । मेची आँखा अस्पताल अगाडिको एक होटलमा व्यक्तिगत गोपनियता भंग गर्ने गरी र चरित्र हत्या गर्नेगरी आतंक सिर्जना गरेको भन्दै उजुरी परेपछि युटुबरमाथि कानूनी कार्वाही हुने भएको […]
गोलधाप / सडक दुर्घटनामा परि सख्त घाइते भएका हल्दिबारी–१ का वडासदस्य पदमसुन्दर राईको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । वडासदस्य राईको हाल बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनी गत फागुन ५ गते कार्यालयको काम सकेर घर फर्कने क्रममा सडक दुर्घटनामा परि घाइते भएका थिए । उनको टाउकोमा गम्भिर चोट लागेकोले १ […]
झापा / भारतको कारागारमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना आज थुनामुक्त भएका छन् । उनी थुनिएको ४० वर्षपछि रिहा भएका हुन् । नेपालमा उनका आफन्तले चालीस वर्षदेखि वेपत्ता रहेको ठान्दै आएका तिम्सिना कर्तव्य ज्यान मुद्दामा थुनामा थिए । उनलाई थुनामुक्त गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको थियो । भाइ प्रकाशचन्द्र तिम्सिनाले रिहा भएका दाजु […]