हल्दिबारीले सुरु गर्यो सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरी प्रणाली तीन प्रहरी चौकीलाई १/१ थान मोटरसाइकल प्रदान

धनुषा झापा / हल्दिबारी गाँउपालिकाले गाँउपालिका मातहतका सबै सरकारी निकायमा विद्युतीय हाजिरी प्रणाली ‘इलेक्ट्रोनिक एटेन्डेन्स सिस्टम’ को सुरुवात गरेको छ । गाँउपालिकाले सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गर्ने अभियानको आइतबार एक कार्यक्रमका बीच प्रमुख अतिथि झापा क्षेत्र नं ३ का सांसद् राजेन्द्र लिङदेनले उद्घाटन गरे । सरकारी कार्यालयको सेवा समयमा चुस्तदुरुस्त राख्न र […]

थप पढ्नुहोस

प्रमुख निर्वाचन आयुक्त यादवको निवास छेउमा बम विस्फोट

ललितपुर / हरिसिद्धिमा रहेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको निवास छेउमा बम विस्फोट भएको छ । आइतबार बेलुका बम विस्फोट हुँदा यादवको घरको पर्खालमा क्षति पुगेको प्रहरी परिसर जावलाखेलका एसएसपी गणेश ऐरले जानकारी दिए। उनका अनुसार विस्फोट भएको ठाउँमा दुईवटा शंकास्पद वस्तु फेला परेका छन्। विस्फोटको कारण खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको […]

थप पढ्नुहोस

अभियान नेपालको सहयोगमा अस्थायी बाँध निर्माण, जोगाउन सक्ला त गाँउपालिकाले ?

गोपिन पोखरेल- सडकबारी झापा / झापा गाँउपालिका वडा नं-२, स्थित सडकबारीमा बाढीको कटान रोक्न ३०० मिटर अस्थायी बाँध बाँध्ने कार्य अन्तिम चरणमा पुगेको छ । विरङ र कन्काई नदीको बाढीले त्यस क्षेत्रमा कटान गर्दै अत्याधिक क्षति पुर्याएपछि बाढीको प्रभाव रोक्न अस्थायी बाँध बाँधिएको हो । गत साउन २८ गते कन्काइ र विरिङ नदीमा अविरल वर्षासँगै […]

थप पढ्नुहोस

सहकारी अभियन्ता महेन्द्र गिरी उत्कृष्ट नागरिक

बिर्तामोड/ वीरता जेसीज बिर्तामोडसहित झापाका एक सय २५ वटा संस्थाले आज मंगलबार सामुहिक रुपमा सहकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीलाई उत्कृष्ट नागरिकको सम्मान प्रदान गरेका छन्  । आर्थिक समृद्धिमार्फत सामाजिक रुपान्तरणमा टेवा पुर्याएको भन्दै बिर्तामोड-२ चारपाने निवासी ४८ बर्षीय गिरीलाई उक्त सम्मान प्रदान गरिएको हो । वीरता जेसीज पूर्वअध्यक्ष क्लबको अगुवाईमा भएको सम्मानमा गिरीलाई स्वर्ण पदक, नगद […]

थप पढ्नुहोस

चारआलीमा रक्तदान

चारआली झापा / श्री कृष्ण युवा परिषद् नेपाल जिल्ला कार्य समिति झापाको प्रारम्भिक समिति चारआलीले आज चारआली बजारमा रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा गरिएको रक्तदानमा २२ जनाले रक्तदान गरेका थिए । चारआली प्रारम्भिक समितिका अध्यक्ष मोहन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकाल, श्री कृष्ण […]

थप पढ्नुहोस

सुनचाँदी व्यवसायी साजनको हत्यामा संलग्न थप दुई आरोपी पक्राउ

विर्तामोड / विर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्यामा संलग्न भएको आरोपमा थप २ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका-५ हवी स्वीमिङ पुल छेउ घर भई जात्रुवाडी चोकमा डेरा गरी बस्ने २१ वर्षीय मामा भन्ने सुजन चौधरी र विर्तामोड नगरपालिका-३ पुण्डरी चोक बस्ने २२ वर्षीय राहुल/राज साह भन्ने राजेश साह रहेको इलाका […]

थप पढ्नुहोस

बाढी पीडितलाई अभियान नेपालको सहयोग, काँक्रा र खर्बुजा बेचेरै लाखौं आम्दानी

गोपिन पोखरेल- सिमलबाढी झापा /  झापा गाँउपालिका–७ का पर्शुराम चौधरीको अहिले दैनिकी फेरिएको छ । उनी अहिले दैनिक काँक्रा र तरकारी बेच्न व्यस्त छन् । करिब १ विगाहा क्षेत्रफलमा लगाएको काँक्रा, भिण्डी, बोडी र खर्बुजाको स्याहार र विक्रीमा उनको दैनिकी बित्ने गरेको छ । चौधरीले काँक्रा र तरकारी बेचेर मनग्ये आम्दानी गर्दै आएका छन् । […]

थप पढ्नुहोस

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

विराटनगर / मोरङको कानेपोखरीस्थित खोर्साने–केराबारी सडकखण्डमा शनिबार साँझ मोटरसाइकल दुर्घटनामा परि एक युवकको ज्यान गएको छ । कानेपोखरी–८ बस्ने २२ वर्षीय सुजन कोइरालाको मृत्यु भएको विराटचोक प्रहरी चौकीले जनाएको छ । उनी को २८ प ८०९० नम्बरको मोटरसाइकल चलाइरहेका थिए । सोही मोटरसाइकलमा पछाडी सवार सुन्दरहरैचा–८ का अनिस भट्टराईको घाइते भएका छन् । उनको बिपी […]

थप पढ्नुहोस

इलाममा बम विस्फोट

इलाम / इलामको चुलाचुली गाउँपालिकामा बम विस्फोट भएको छ । जिल्लाको चुलाचुली गाउँपालिकाको नवनिर्मित भवन लक्षित गरी शनिबार राति साढे आठतिर बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । फाइल फोटो भवनको बैठक कोठामा बम विस्फोट भएको थियो । विस्फोटबाट कुनै मानविय क्षति नभएको तर भवनका नौवटा झ्याल र एउटा ढोकामा […]

थप पढ्नुहोस

तराईमा ‘जुडशीतल पर्व’ मनाइँदै

विराटनगर / तराईका जिल्लामा आज बिहानैदेखि हर्षोल्लासमय वातावरणमा सिरुवा पर्व मनाइँदैछ । नयाँ वर्षको शुभारम्भका रुपमा मनाउने गरिएको यस पर्वको मुख्य विशेषतामा आ–आफ्ना अग्रजबाट आशीर्वाद प्राप्त गर्नुका साथै चुलोको पूजा र वातावरणलाई दृष्टिगत गरी रुखको जरामा पानी हाल्नु र सडक सरसफाइ गर्नु हो । सो अवसरमा आज बिहानैदेखि अग्रजले आ–आफ्ना परिवारका सदस्यलाई अञ्जुलीमा जल लिएर […]

थप पढ्नुहोस